Comments Add Comment

उग्रराष्ट्रवादी भाषणले समस्या सुल्झिँदैनः मन्त्री केसी

Arjun-KC-Biratnagar

१३ असोज ,विराटनगर । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले उग्रराष्ट्रवादको भाषण गर्दैमा मुलुकमा व्याप्त समस्या समाधान नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेप्रति लक्षित गर्दै कांग्रेस नेतासमेत रहेका मन्त्री केसीले संविधान सवैलाई स्वीकार्य वनाउन एकजुट हुनुपर्नेमा उग्रराष्ट्रबादी भाषण गर्दै हिडेकामा गुनासो गरे ।

नेपाल प्र्रेस युनियन मोरङ शाखाले स्थापना गरेको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण सभालाई आज विराटनगरमा सम्बोधन गर्दै मन्त्री केसीले संविधानप्रति असन्तुष्ट सबैलाई समेटिने गरी संशोधन गर्दै लानु अहिलेको आवश्यकता भएको बताए ।

उनले नेपाली कांग्रेस मुलुककै पुरानो पार्टी भएको उल्लेख गर्दै राष्ट्रियता र सर्वभौमसत्ता रक्षाका लागि कसैले सम्झाउन आवश्यक नरहेको वताए । उनले भने ‘संविधान जारी भएपछि एकै घरका सदस्यबीच संविधानप्रति असन्तुष्टि वढेको छ भने उनीहरुका लागि पनि स्वीकार्य संविधान वनाउन संसोधान गरिँदा राष्ट्रियता र सर्वभौम रक्षामा आँच पुग्छ भन्ने लाग्छ भने यो उग्रराष्ट्रवाद हो ।’

उनले संविधानमा छुटेको विषयलाई सम्वोधन गर्न सरकार सर्वपक्षीय छलफलमा जुटेको पनि जानकारी दिए ।

यसैबीच यस बर्षको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार पत्रकार अजीत तिवारीले पाएका छन् । नागरिक दैनिकका पुर्वाञ्चल संस्करणका स्थानीय सम्पादक तिवारीले ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment