Comments Add Comment

विशेष भूमिकामा आर्यनको मोह, ‘छक्का पन्जा र नाई नभन्नु ल ३’ चल्दा के फाइदा ?

aaryan sigdel with chakka panja team
जब दर्शक हलमा पुगे, अनी मात्र उनीहरुले थाहा पाए कि, नायक आर्यन सिग्देल पनि चलचित्र ‘छक्का पन्जा’मा छन् । आर्यनको यो विशेष भूमिकालाई निर्माणपक्षले यती गोप्य राख्यो कि, मिडियाले समेत यसको सुइको पाएनन् ।

जब पर्दामा एकैपटक आर्यन देखापरे, दर्शक अचम्मित भए । धेरैले आर्यनको भूमिकालाई सरप्राइजको रुपमा लिए । यो बर्ष संभवत यो चलचित्रमा नदेखिएको भए नायक सिग्देलका कुनै पनि चलचित्र रिलिज नहुने पक्का थियो । तर, आर्यनका फ्यानका लागि उनको विशेष भूमिका नै सहि, चित्त वुझाउने ठाउँ बनेको छ ।

आर्यन चलचित्र ‘नाई नभन्नु ल ३’मा पनि विशेष भूमिकामा थिए । विशेष भूमिका यसकारण कि, उनले चलचित्रलाई लिड गरेका थिएनन् जसरी ‘क्लासिक’मा गरेका थिए ।

‘नाई नभन्नु ल ३’को समयमा भने आर्यनलाई गोप्य राखिएको थिएन । तर, ‘छक्का पन्जा’मा उनलाई गोप्य राखियो । यी दुबै चलचित्रको व्यापारले आर्यनको करिअरमा त्यस्तो फेरबदल ल्याउँदैन । ‘छक्का पन्जा’ अहिले धेरै रेकर्ड ब्रेक गर्दै प्रदर्शन भैरहेको छ । आर्यन जब आफ्नो भूमिका सार्वजनिक भयो, त्यसपछि यसको प्रचारमा देखिएका छन् ।

उनी वुधबार आयोजित एक कार्यक्रममा पनि उपस्थित भएका थिए । आफ्नै केही चलचित्रको प्रचारमा नदेखिने आर्यन ‘छक्का पन्जा’को एक विशेष शोमा उपस्थित हुनु आफैमा रोचक कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment