Comments Add Comment

गुगल अकाउन्टबाट कसरी डिलिट गर्ने पूराना रेकर्ड ?

googleकहिलेकाहीँ गुगलमा यस्ता कुराहरु पनि सर्च गरिएको हुनसक्छ जसका बारेमा अरु कसैले पनि थाहा नपाउनु् भन्ने चाहना हन्छ ।

गुगलको कुनैपनि अकाउन्टसँगै एउटा माइ एक्टिभिटी नामक पेज हुन्छ । यसले कुनैपनि गुगल प्रयोगकर्ताको व्यक्तिगत जानकारीलाई व्यवस्थित गर्न सहयोग गर्दछ ।

माइ एक्टिभिटी पेजमा फेरबदल गरी तपाइँ आफ्नो गूगल अकाउन्टसँग सम्बन्धित विज्ञापन तथा व्यक्तिगत जानकारी पनि बदल्न सक्नुहुन्छ ।

स्मार्टफोन, ट्याबलेट, ल्यापटप वा कुनै अरु डिभाइसबाट आफ्नो गुगल अकाउन्टमा लगइन गर्दा तपाइँको बारेमा गुगलले जे जति जानकारी जुटाएको हुन्छ त्यसलाई व्यवस्थित गर्नका लागि माइ एक्टिभिटी पेज निकै सहयोगी हुन्छ ।

यो पेजको मद्दतले तपाइँले यस्ता विज्ञापन ब्लक गर्न सक्नुहुन्छ जो तपाइँ हेर्न चाहनुहुन्छ । यो फिचरको सुरुवात जून महिनाको अन्त्यतिर भएको थियो र अहिले सबै गुगल प्रयोगकर्ताले यो फिचरको प्रयोग गर्न पाउँछन् ।

यदि तपाइँ आफ्नो गुगल सर्चको बारेमा कुनैपनि पूरानो जानकारी डिलिट गर्न चाहनुहुन्छ भने पनि माइ एक्टिभिटी पेजमा जान सक्नुहुन्छ । आफ्नो गुगल अकाउन्टको प्रयोगसँग जोडिएका सबै जानकारीहरु यहीँ पेजमा फेला पर्दछन् । यसो गरेर गुगलले आफ्ना प्रयोगकर्ताको गोपनियताको जिम्मा प्रयोगकर्ताकै हातमा राखिदिएको दाबी गरेको छ ।

आफ्नो गुगल अकाउन्टमा लगइन गरेसँगै एक सर्च बार देखा पर्दछ । तपाइँ जे सुकै सामाग्री डिलिट गर्न चाहनुहुन्छ त्यसालई तपाइँ सर्चबारको माध्यमबाट खोज्न सक्नुहुन्छ ।

यदि एकदुइ चिज डिलिट गर्नुछ त यो प्रक्रिया ठिकै हुन्छ । तर यदि एकछिनभरमै सबै सर्च हिस्ट्री, यु ट्युब भिडियो हेरेको रेकर्ड लगायतका सबै विवरण डिलिट गर्न चाहनुहुन्छ भने पनि यो सम्भव छ ।

यदि तपाइँ सबैचिज मेटाउन चाहनुहुन्छ भने तेश्रो विकल्प छ । यी दुबै तरिकाको लागि स्क्रिनको दाहिने तर्फ माथिल्लो भागमा जुन तिनवटा विन्दु देखापर्दछन् त्यसमा क्लिक गरेर तपाइँले आफ्नो विकल्प छान्न सक्नुहुन्छ ।

यदि गुगललाई आफ्नो बारेमा डाटाहरु संकलन गर्नबाट रोक्न चाहनुहुन्छ भने त्यसका लागि यो लिंकमा गएर निर्देशानुसार काम गर्नुहोस् । त्यसको लागि तपाइँले आफ्नो अकाउन्ट लगइन चाहीँ गरेको हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment