Comments Add Comment

चिडियाखानामा भयो सिंहको भव्य बिहे, ४ सय जन्ती

weddingoflionतपाइँले मानिसका थरीथरीका बिहेे देख्नुभएको होला । कुकुर तथा बाँदरको समेत बिहे गरिदिएका समाचार पनि सुनिएकै हो । तर के तपाइँले भाले र पोथी सिंहबीच भव्य बिहे गरिएको देख्नु तथा सुन्नुभएको छ ? सायद छैन होला ।

हालै बगलादेशको एक चिडियाखानामा सिंह तथा सिंहिनीको अनौठा बिहे भएको छ । बिहेमा बर तथा बधुका लागि विशेष खालको मासुबाट बनेको मुटु आकारको केक बनाइएको थियो । बुधबार दुलाहा सिंह नभ तथा दुलही सिंहिनी नोभाको विहेको रिसेप्सन पार्टीको आयोजना गरियो ।

उक्त पार्टीमा ४ सय पाहुनाले भाग लिए । चटगाउँ जिल्लाका सरकारी प्रशासक मिसवाह उद्दीनका अनुसार सिंह बिहेको समारोह निकै अनौठो भयो । सिंह र सिंहिनीको मिलनका स्वागतका लागि रंगीविरंगी साजसज्जाको साथमा उक्त चिडियाखानालाई उत्सवी लुक्स दिइएको थियो ।

अब चिडियाखानामा यो सिंह दम्पत्तिको दाम्पत्य जिवन सुखद होस् तथा उनीहरुले प्रजनन गरेर बच्चा जन्माउन सकून् भन्ने लक्ष्य चिडियाघर प्रशासनको रहेको छ ।

रंगपुर चिडियाखानाबाट ल्याइएको बादशाह नामको भाले सिंहलाई त्यहाँ नभ नाम दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment