Comments Add Comment

यी हुन् नेपालबाट विदेश निर्यात हुने अर्ब बढीका वस्तुहरु

चुनौतिपूर्ण बन्दैछ कहालीलाग्दो व्यापार घाटा...

१३ असोज, काठमाडौं । नेपालको बैदेशिक व्यापारको स्थिति कहालीलाग्दो भए पनि केही वस्तुहरुको निर्यातमा भने सन्तोषजनक प्रगति देखिएको छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि नेपालबाट विभिन्न १४ वस्तुहरु अर्बभन्दा बढी निर्यात भएका छन् । यी वस्तुहरुको उत्पादन र गुणस्तर बढाउने हो भने नेपालले चुलिँदो व्यापार घाटा क मगर्न सक्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालले गत आर्थिक वर्षमा गलैंचा, धागो, फलाम तथा स्टीलका बस्तु, अलैंची, टेक्सटाइल, जुस, उलन तथा पश्मिनाका सल, जुट व्याग, मुसुरो दाल, टुथपेष्ट, जडिबुटी र जुत्ता-चप्पल अर्बभन्दा बढी निर्यात गरेको हो ।

नेपालले भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटालीलगायतका देशहरुमा सबैभन्दा बढी निर्यात गर्दै आएको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षमा उनीका गलैंचा नेपालबाट सबैभन्दा बढी निर्यात भएको छ वर्षभरीमा कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको उनीका गलैंचा निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । यो अघिल्लो वर्षकोभन्दा १६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ७ अर्ब रुपैयाँको गलैंचा निर्यात भएको थियो ।

यसअघि फलाम तथा स्टीलजन्य वस्तुहरु सबैभन्दा बढी निर्यात हुने गरेकोमा गत वर्ष भने त्यसलाई गलैंचाले उछिनेको हो । गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुहरुको निर्यात ५४ प्रतिशतले घटेपछि गलैंचाले उछिनेको हो । वर्षभरिमा नेपालबाट ४ अर्ब अर्ब ६६ करोड रुपैयाँका मात्रै फलाम तथा स्टीलजन्य वस्तु निर्यात भएको तथ्यांक छ ।

Export from Nepal
खासगरी नेपाली गलैंचा अमेरिका, चीन, युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ भने फलाम तथा स्टिलजन्य वस्तुहरु भारतमा निर्यात हुँदै आएको छ । भारतले लगाएको नाकाबन्दीका कारण फलाम तथा स्टीलजन्य वस्तुको निर्यात घटेको हो ।

त्यसैगरी, नेपालबाट बढी निर्यात हुने वस्तुहरुमध्ये तेस्रो नम्बरमा परेको छ, तयारी पोशाक । गत वर्ष ५ अर्ब ८८ करोड रुपैयाँको तियारी पोसाक निर्यात भएको थियो । त्यस्तै, गत पर्ष ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको नेपाली धागो निर्यात भएको छ ।

नेपालबाट चौथो धेरै निर्यात हुने वस्तुमा अलैंची परेको छ । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदे बालीकारुपमा रहेको अलैंची ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात छ ।

त्यसैगरी, ३ अर्ब ३९ करोडको टेक्सटाइल, ३ अर्ब १८ करोडको जुस, २ अर्ब ८९ करोडको उलन तथा पश्मिनाका सल, २ अर्ब ४० करोडको चिया निर्यात भएको छ ।

त्यस्तै, १ अर्ब ९२ करोड रुपैयाँ बराबरको जुटका व्याग निर्यात भएका छन् भने १ अर्ब २९ करोडको मुसुरोको दाल निर्यात भएको छ । प्रवर्द्धन केन्द्रका अनुसार १ अर्ब २४ करोडको जडिबुटी, १ अर्ब ६० करोडको र १ अर्ब २ करोड रुपैयाँको टुथपेष्ट निर्यात भएका छन् ।

यसबाहेक हस्तकलाका सामानहरु, चाँदीका गरगहना, चाउचाऊ, अदुवा, नेपाली हाते कागज, छालालयतका वस्तुहरु नेपालबाट ठूलो परिणाममा निर्यात हुने गरेका छन् ।

चुनौतिपूर्ण बन्दै छ कहालीलाग्दो व्यापारघाटा

आयातको तुलनामा निर्यात उच्चदरमा घटेपछि कुल व्यापार घट्दा पनि नेपालले घाटा व्यहोर्नुपरेको छ । नेपालले कुल ८ खर्ब ५२ अर्ब २९ करोडको वैदेशिक व्यापार गरेको थियो । त्यसमा नेपाललाई ७ खर्ब १० अर्ब रुपैयाँको घाटा भएको हो ।

गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २.२ प्रतिशतले घटेको छ । तर, व्यापार घटे पनि घाटा भने १.७ प्रतिशतले बढेको हो । कुल व्यापारमा निर्यात ८.३ प्रतिशत रआयात ९१.७ प्रतिशत रहेको छ ।

आयात ७ खर्ब ७१ अर्ब, निर्यात ७१ अर्ब १४ करोड

केन्ऽका अनुसार गत वर्ष नेपालले ७१ अर्ब १४ करोड रुपैयाँबराबरको निर्यात गरेको छ । यो अघिल्लो आवको भन्दा १७.९ प्रतिशतले कमी हो । तर, सोही अवधिमा आयात भने ७ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको भएको छ ।

भारतीय नाकाबन्दीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्षको आयात पनि ०.४ प्रतिशतले घटेको हो । खासगरी नेपालमा आयात हुने मुख्य वस्तु पेट्रोलियम पदार्थको आयात ३८.३ प्रतिशतले घट्दा त्यसको प्रभाव कुल आयातमा परेको हो ।

व्यापार घाटा कम गर्न निर्यात

हरेक वर्ष बढ्दो व्यापार घाटा कम गर्ने अचुक उपाय भनेको निर्यातको वृद्धि नै पहिलो विकल्प भएको नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् ।
‘निर्यात नबढाई व्यापार घाटा कम गर्न सकिँदैन,’ उनले भने- ‘निर्यात बढाउनका लागि उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउनका लागि लगानी बढाउनु अत्यावश्यक छ ।’

मुरारकाका अनुसार चुलिएको व्यापार घाटालाई कम गर्दै बचतको व्यापार सुरु गर्नका लागि नेपालले ठूलो लगानी भित्र्याउनु नै अहिलेको मुख्य चुनौति हो ।

यो पनि पढ्नुहोस्

भारतसँग नेपाली व्यापारः राणाकालमा नाफा, गणतन्त्रमा घाटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment