Comments Add Comment

बर्षाले प्रचारमा साथ नदिँदा निर्माता-निर्देशकको आक्रोश

barsa siwakoti
चलचित्रमा काम गरेपछि त्यसको प्रचारप्रसारमा साथ दिनु कलाकारको दायित्व पनि हो । चलचित्र सफल हुँदा आफू हिट भएको भन्दै कुर्लने नेपालका कलाकार असफल हुँदा त्यसको जिम्मेवारी लिन चाहन्नन् । यतिमात्र होइन, चलचित्रको प्रचारमा साथ नै नदिने केही कलाकार हिट भएपछि भने आफ्नो चलचित्र भन्दै मिडियामा बोल्दै पनि हिडेका छन् ।

नायिका बर्षा सिवाकोटी अभिनित चलचित्र ‘सुब्बा साब’ असोज २१ गतेबाट रिलिजमा आउँदैछ । तर, यो चलचित्रको प्रचारमा नायिका सिवाकोटीले कुनै इच्छा नदेखाएपछि यतिबेला निर्माता र निर्देशकमा आक्रोश उत्पन्न भएको छ । नायिका खोई त भन्ने प्रश्नमा निर्देशक राजु अधिकारी भन्छन्-‘उहाँले न त हाम्रो फोन उठाउनु भएको छ, न त सम्पर्कमा नै आउनु भएको छ ।’ राजुले नायिकाले मतलब नगरेपनि त्यसले खासै असर नपर्ने बताएका छन् ।

चलचित्रका निर्माता त नायिकाले प्रचारमा मत्तलब नगरेको भन्दै पत्रकार सम्मेलन गरेरै आक्रोश व्यक्त गर्ने मुडमा देखिएका छन् । चलचित्रमा बर्षाको नकारात्मक भूमिका छ । निर्देशक अधिकारी भन्छन्-‘भूमिका मन नपरेको भए पहिले नै भन्नुपर्छ । अहिले फोन नउठाउने, रेस्पोन्स नगर्ने गर्नु कलाकारको व्यवसायिकता होइन ।’

चलचित्र ‘पशुपति प्रसाद’मा छोटो भूमिका गर्दा यी नायिका प्रचारमा जमेर लागेकी थिइन् । चलचित्र ‘नाई नभन्नु ल २’बाट डेब्यू गरेपनि बर्षाले आफू ‘पशुपति प्रसाद’की नव-नायिका भएको बताएपछि आलोचना भएको थियो ।

सरोज खनाल, जीवन लुइटेल, गौरी मल्ल, बषर्ा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले सुब्बाको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment