Comments Add Comment

अफगानिस्तानले बंगलादेशलाई मिरपुरमै हरायो

Afghanistan-Vs-Bangladesh

१३ असोज, काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा अफगानिस्तानले बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएको छ । २ विकेटको जितसँगै अफगानिस्तानले तीन म्याचको श्रृखलामा १-१ को बराबरी गरेको छ ।

मिरपुरमा पहिले ब्याटिङ गरेको बंगलादेशले अन्तिम ४ बल खेल्नु अघि सबै विकेट गुमाएर २०८ रन बनायो । उसका लागि मोसादिक हुसेनले ४५ र मुस्पिmकर राहिमले ३८ रन बनाए ।

अफगानिस्तानका रसिद खानले ३ र मोहम्मद नावीले २ विकेट लिए ।

२०९ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाहुना टोलीले अन्तिम २ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि स्टानिकजाइले ५७ रन बनाए भने नाबीले ४९ रनको योगदान दिए ।

सकिब अल हसन र मोसादिक हुसेनले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment