Comments Add Comment

कविता : मुटु बचाऔं

Bishnu-poudelतेलबाट गाडी चल्छ, रेल चल्न कोइला जल्छ

कोइला तेल चाहिँदैन हाम्रो मुटु आफैं चल्छ ।

 

ग्यास, सोलार, बिजुलीले मेशिन र इञ्जिन चल्छ

बिजुली, ग्यास चाहिँदैन हाम्रो मुटु आफै चल्छ ।

 

खानेकुराबाट मिल्ने शक्तिबाट मुटु चल्छ

खान- पान रहनसहन बिग्रिएमा मुटु गल्छ ।

 

प्रकृतिको स्वच्छ हावा, ऊर्जाबाट मुटु चल्छ

वातावरण नजोगाए मुटु रुक्छ ज्यानै ढल्छ ।

 

योग व्यायाम सन्तुलित भोजनबाट मुटु चल्छ

धूमपान, मद्यपान, आलस्यले मुटु जल्छ ।

 

सधैं खुसी हुन सके लगातार मुटु चल्छ

तनावले हृदयाघात हुन्छ अनि मुटु जल्छ ।

 

खानपान, योग, व्यायाम सन्तुलन मिलाएर

खुसी रहौं, मुटु बचाऔं वातावरण जोगाएर ।

 

सन्दर्भ: अन्तर्राष्ट्रिय मुटु दिवस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment