Comments Add Comment

सांसदले मागे भन्सार छुटको गाडी

१३ असोज, काठमाडौं । व्यवस्थापिका संसदमा सांसदहरुलाई भन्सार छुटका गाडी माग भएको छ ।

Prem-Kishor-Prasad-Teliसंसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद प्रेम किशोर साह तेलीले सांसदहरुलाई गाडी माग गरेका हुन् । सांसदहरु टेम्पो कुरेर बस्न नसक्ने भन्दै उनले १५ वर्षसम्म बेच्न नपाउने गरी भन्सार छुटको गाडी माग गरेका छन् ।

साथै उनले सांसदहरुको तलब भत्ता बढाउन पनि माग गरे । पत्रपत्रिकामा सांसदहरुको तलब भत्ता बढ्यो भन्ने आएको तर, आफूहरुले भने केही नपाएको उनले दाबी गरे ।

उनले भने, ‘०५१ सालको साढे ६ हजार घर भाडा छ । अहिले पनि २०० भत्ता छ । कर कटाउँदा १७० रुपैयाँ पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment