Comments Add Comment

बजेट आश्रित विधेयक पारित गर्न संसदमा पेश

samsad

१३ असोज, काठमाडौं । सरकारले बजेट आश्रित विधेयक पारित गर्न संसदमा पेश गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक २०७३ संसदमा पेश गरेका हुन् ।

यसअघि तत्कालीन सत्ता साझेदार दल माओवादीले प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर ति विधेयकहरु संसदमा असफल पारेको थियो । अहिले बजेट कार्यान्वयनका लागि विधेयक स्वीकृत हुनु आवश्यक रहेको र खर्चको स्रोत जुटाउनका लागि तत् सम्बन्धी ऐन पनि जारी हुनुपर्ने भएकाले आश्रित विधेयकहरु पारित गर्ने पुनः निर्णय गरिएको अर्थमन्त्री महराले बताए ।

अहिले संसदमा यही बिषयमा छलफल भइरहेको छ ।

यसअघि आजै बसेको मन्त्रिपरिषद बैठकले संसदीय नियमावलीको नियम १२० निलम्बन गरी विगतमा फेल गरिएका आश्रित विधेयक पेश गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment