Comments Add Comment

महानगरभित्र सामुदायिक कुकुरको गणना सकियो, कुन वडामा कति छन् ?

वडा नम्बर २० कुकुर व्यवस्थित क्षेत्र

dogs१३ असोज, कठमाडौं । तपाईंले जनगणना त सुन्न भएको छ, तर, कुकुरको गणनाबारे सायदै सुन्न भएको होला । यो विदेशको कुरा भने होइन, काठमाडौं महानगरपालिकाले नै शहरमा रहेका सडकमा आश्रित सामुदायिक (भुस्याहा) कुकुरको गणना सकाएको छ ।

काठमाडौं महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टीच्युटको सहकार्यमा सञ्चालन भएको मनुमित्र कार्यक्रमले सहरका कुकुरको संख्या एकिन गरेको छ ।

तथ्यांकअनुसार महानगर क्षेत्रभित्र २१ हजार ८ सय ५६ वटा सामुदायिक कुकुरहरु छन् । तथ्यांकमा देखाइएका कुल कुकुरहरुको सङ्ख्यामध्ये ७ हजार ४ सय ३१ वटा पोथी कुकुर छन् । जसमा १ हजार ९ सय ६७ वटा पोथी कुकुरहरु बच्चालाई दुध चुसाउँदै गरेको अवस्थामा छन् ।

एउटा पोथी कुकरले एक सिजनमा १२ वटा सम्म बच्चा जन्माउन सक्छे । एकै सिजनमा यति धेरै बच्चा जन्माउन सक्नेे क्षमताकै कारण तथा कुकुर व्यवस्थापनमा एकीकृत कार्यक्रम सञ्चालन हुन नसकेका कारण सामुदायिक कुकुर व्यवस्थापनमा यस अघिका प्रयासले परिणाम पाउन सकेका थिएनन् ।

अहिले शुरु भएको कार्यक्रमलाई प्रभावकारी बनाउन महानगरका ३५ वटा वडाहरुलाई ८ क्षेत्रमा विभाजन गरिएको छ । यस अघि सिंहदरवारलाई कुकुर व्यस्थित क्षेत्र घोषणा गरिएपछि अहिले दोश्रो चरणमा भित्रि शहरका १४ वटा वडालाई समेटेर बिभाजन गरिएको क्षेत्र नं. २ मा काम गर्ने तयारी चलिरहेको छ ।

यस क्षेत्रमा ३ हजार २ सय ५१ वटा कुकुर छन् । त्यसमध्ये १ हजार ५ सय ६० वटा पोथी कुकुर रहेकोमा १ सय ९५ वटा बच्चालाई दुध चुसाउदै गरेका माउ कुकुर छन् । यस क्षेत्रमा महानगरका वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र ३० वडा समावेश छन् ।

कुन वडामा कति कुकुर ?

kukurko-bandhyakaran2
महानगरका १३, १४ र १५ वडालाई क्षेत्र नं. १ मानिएको छ । यस क्षेत्रमा रहेका ३ हजार ५ सय २५ वटा कुकुरमध्ये ९ सय १६ वटा पोथी कुकुर छन् । त्यस्तै क्षेत्र नं. ३ मा, वडा नं. १, ११, ३१, ३२ र ३३ समाबेश छन् । यस वडामा रहेका २ हजार ८ सय ४४ कुकुरमध्ये ४ सय २६ वटा पोथी कुकुर छन् ।

वडा नम्बर १० र ३४ लाई समेटेर छुट्याइएको क्षेत्र नम्बर ४ मा भने १ हजार ९ सय १४ वटा साुमदायिक कुकुरहरु रहेकोमा ८ सय ६१ वटा पोथी कुकुर छन् । महानगरका वडा नम्बर ६, ७ र ८ लाई क्षेत्र नं. ५ मा राखिएको छ । यस क्षेत्रमा ३ हजार १ सय ३६ वटा कुकुरमध्ये ८ सय १६ वटा पोथी कुकुर छन् ।

क्षेत्र नम्बर ६ अर्थात् महानगरका वडा नं. २, ३, ४ र ५ मा रहेका २ हजार ३ सय १३ वटा कुकुरमध्ये ७ सय ४० वटा पोथी कुकुर छन् । महानगरको वडा नम्बर १६ र २९ अर्थात् क्षेत्र नम्बर ७ मा भने २ हजार ५ सय १६ कुकुर मध्ये ७ सय ८० वटा पोथी कुकुर छन् । क्षेत्र नम्बर ८ अर्थात वडा नंं. ९ र ३५ मा २ हजार ३ सय ५७ कुकुरमध्ये १ हजार १ सय ३१ वटा पोथी कुकुर छन् ।

३ हजार ५ सय २५ कुकुर रहेको क्षेत्र नं. १ सबै भन्दा बढी सामुदायिक कुकुर भएको क्षेत्रका रुपमा देखिन्छ भने, १,५६० पोथी कुकुर भएको क्षेत्र नं. २ सबैभन्दा वढी पोथी कुकुर भएको क्षेत्रका रुपमा देखिन्छ ।

अहिले महानगर क्षेत्रभित्र रहेका कुकुरमध्ये १ सय १० वटा कुकुर कुपोषणबाट र १ हजार १ सय ५९ वटा कुकुर छालाजन्य रोगबाट ग्रसित छन् । मानिस र कुकुरबीचको सम्बन्ध नजिक भएकोले रोगी कुकुरमा भएका रोग मानिसहरुमा सर्ने खतरा बढी छ ।

त्यसैले महानगरले सहरी व्यवस्थापनमा सामुदायिक कुकुरको कार्यक्रमलाई प्राथमिकता राखेको हो । यस अन्तर्गत सिंहदरबार क्षेत्रमा रहेका १२० वटा कुकुरलाई रेविजविरुद्धको खोप लगाइसकिएको छ भने बन्ध्याकरणसमेत गरिसकिएको छ ।

कुकुर व्यवस्थित वडा

dog-right-animal
महानगरपालिकाको वडा नम्बर २० नेपालकै पहिलो कुकुर व्यवस्थित वडा घोषित भएको छ । महानगरका ३५ वडाहरुमध्ये यो वडालाई दशौं विश्व रेविज दिवसको अवसर पारेर बिहीबार कुकुर व्यवस्थित वडा घोषणा गरिएको हो ।

काठमाडौं महानगरपालिका कार्यालयले महानगरलाई कुकुरमैत्री सहरका रुपमा विकास गर्न कुकुरहरुको वन्ध्याकरण गर्ने, रेविजविरुद्धको खोप लगाउने तथा हरेक वडामा कुुकुर सम्बन्धी समस्या समाधानको दिगोपनाकालागि वडा स्तरीय पशु व्यवस्थापन समिति गठन गर्ने कार्य गरिरहेको छ ।

महानगरले द हृयुमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्स्टीच्युट नेपालसँगको सहकार्यमा सञ्चालन गरेको महानगरीय कुकुर व्यवस्थापन मनुमित्र कार्यक्रमअन्तर्गत यसअघि सिंहदरवार क्षेत्रलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिसकेको छ ।

कुनै स्थानलाई कुकुर व्यवस्थितक्षेत्र बनाउन त्यहाँ भएका कुकुरहरु मध्ये ८० प्रतिशत कुकुरको वन्ध्याकरण हुनुपर्ने र शतप्रतिशत कुकुरलाई रेविजविरुद्धको खोप लगाउनु पर्ने मापदण्ड राखिएको छ ।
अभियान अन्तर्गत वडा नं. २० मा रहेका १ सय २० वटा कुकुरमध्ये ३ महिनाको अवधिमा ५६ वटा पोथी र ४५ वटा भाले गरी १ सय १ वटा कुकुरको वन्ध्याकरण गरिएको थियो ।

kukurko-bandhyakaranगत साउन २८ गते गठित पशु व्यवस्थापन समितिलेसो क्षेत्रमा कुकुरको वन्ध्याकरण तथा रेविजविरुद्धको खोपकालागि निःशुल्क शिविर सञ्चालन गर्नुका साथै जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

घोषणा सभामा काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले कुकुर व्यवस्थापनका लागि विगतमा अपनाइएको कुकुरको हत्या गर्ने कार्य गलत भएको धारणा राखे । मान्छेको पूर्ण सुरक्षाकालागि कुकुर व्यवस्थान गरिनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महानगरपालिकाका सहरी स्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले महानगरमा सामुदायिक कुकुरको संख्यालाई स्थिर बनाउन महानगर बहुबषर्ीय योजनाबाट अघि बढेको बताउँदै यसको सफलताका लागि समुदायको सहभागिताको अपेक्षा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment