Comments Add Comment

इजी लिंक र प्राइम कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता

prime-comercial२३ असोज, काठमाडौं । इजी लिंक रेमिट्यान्स र प्राइम कमर्सियल बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल र प्राइम कमर्सियल बैंकका उप महाप्रबन्धक मोती काजी तुलाधरले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्समार्फत आएको रकम प्राइम कमर्सियल बैंकका देशभरी रहेका ३२ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु-याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए ।

इजी लिंक रेमिट्यान्सले १७ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आˆना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ ।

यो सम्झौतासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक दिपेन्द्र खनालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment