Comments Add Comment

वायु प्रदुषणविरुद्ध नाटकीय रुपमा काम गर्न डब्लुएचओको आह्वान

'विश्वका ९० प्रतिशत मानिस अस्वस्थकर श्वास फेर्छन्'

Air-Polution

जेनेभा । विश्वका १० मध्य ९ जना मानिसले अस्वस्थकर श्वास फेर्नेे गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले हालै एक प्रतिवेदन सार्बजनिक गर्दै प्रदुषण वायु प्रदुषणविरुद्ध नाटकीयरुपमा काम गर्न सबैलाई आह्वान गरेको छ ।

वायु प्रदुषणकै कारण विश्वमा हरेक वर्ष ६० हजार जनाको मृत्यु हुने गरेको डब्लुएचओको अनुमान छ ।

नयाँ तथ्यांकबाट आफूहरु चिन्तित बनेको डब्लुएचओको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभाग प्रमुख मारिया नेइराले बताइन् ।

प्रदुषणको समस्या शहरमा बढी भएपनि गाउँमा यसको अवस्था सोचेभन्दा बढी दयनीय रहेको डब्लुएचओका विज्ञहरुले बताएका छन् ।

विश्वका विकसित मुलुकको तुलनामा अविकसित देशहरुमा दुषित हावा पाइने गरेको डब्लुएचओको रिपोर्टमा उल्लेख छ । तर व्यवहारिक रुपमा यो प्रदूषणले विश्वका सबै देश तथा वासस्थानलाई असर पारेको नेइराले वक्तव्यमा भनेकी छिन् ।

‘यो जनस्वास्थ्यका दृष्टिकोणले आपतकालीन अवस्था हो’, नेइराले भनिन्, ‘वायु प्रदूषण नियन्त्रण गर्ने छिटो काम तत्काल लागू हुन सक्तैन ।’

सवारी साधनको संख्या घटाउन र फोहर व्यवस्थापन गर्न जोड

यसका लागि सरकारले सडकमा सवारी साधनको संख्या घटाउनुपर्ने तथा फोहर व्यवस्थापनमा जोड दिनुपर्ने डब्लुएचओले आह्वान गरेको छ । यसका साथै खाना पकाउन स्वस्थ्य र सफा इन्धन प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

आज पेश गरिएको यो प्रतिवेदन विश्वका तीन हजार ठाउँबाट जम्मा पारिएको तथ्यांकमा आधारित छ ।

तथ्यांक अनुसार विश्वका ९२ प्रतिशत जनसंख्या प्रदुषित वायु भएको स्थानमा बस्ने गर्छन् । जहाँ वायु प्रदूषणको स्तर डब्लुएचओले तोकेको सीमा भन्दा अधिक छ ।

डब्लुएचओका अनुसार वायु प्रदुषणसित सम्बन्धित झण्डै ९० प्रतिशत मृत्यु निम्न तथा मध्य आय भएको देशहरुमा हुने गर्दछ ।

त्यस्तै दक्षिणपूर्वी एसिया तथा चीन, मलेसिया, भियतनाम सहितका पश्चिमी प्रान्त क्षेत्रमा यो संख्या अझै धेरै भएको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment