+
+

औषधि व्यवस्था विभागमा लागूऔषधः दुर्व्यसनीले नै खोले पोल

विभाग भन्छ- निगरानी बढाउन नसक्नु कमजोरी भयो

रमेश धमला रमेश धमला
२०७३ असोज १३ गते १६:४२

१३ असोज, काठमाडौं । औषधि व्यवस्था विभागले मंगलबार विभागकै दराजमा लागु औषध भेटिनुमा आफ्ना कर्मचारीहरुको संलग्नता नरहेको दाबी गरेको छ ।

Department-of-Drugs-Administrationलागुऔषध नियन्त्रण ब्युरोले मंगलबार विभागमा रहेको पानस फर्मास्यूटिकल्सको दराजमा खैरो हेरोइनम फेला पारेको थियो ।

विहीबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिभिन्न कम्पनिहरुले बिभागमा राखेका दराजमा निगरानी बढाउन नसक्नु आफूहरुको कमजोरी रहेको स्वीकार गरे ।

‘हामीकहाँ ६० वटा कम्पनिले आफ्ना कागजपत्रहरु राख्न आफ्नै दराज राखेका छन् । ति दराजको एउटा साँचो हामीसँग पनि छ तर हामीले समयमा निगरानी बढाउन सकेनौं त्यसैको फाइदा उठाए,’ महानिर्देशक ढकालले भने ।

उनले अबका दिनमा विभाग आफैंले दराज बनाउने र तत्कालका लागि औषधि कम्पनीहरुका दराज पनि आफूहरुको नियन्त्रणमा आउने बताए ।

लागूऔषध दुर्व्यसनीले खोलिदिए पोल

गत मंगलबार ब्यूरोको टोलीले विशेष सूचनाको आधारमा काठमाडौं बागेश्वरीका सूर्य संगतलाई पक्राउ गरेको थियो । ७ ग्राम खैरो हेराइनसहित पक्राउ परेका संगतले आफूलाई सुनिल गुप्ताले विक्री गरेको बयान दिएका थिए ।

गुप्ता औषधि व्यवस्था विभागमा समन्वयकर्ताको रुपमा कार्यरत पानस फर्मास्यूटिकलका कर्मचारी हुन् । गुप्ताले नै कम्पनिको नाममा औषधि व्यवस्था विभागमा राखिएको लकरमा २२ ग्राम खैरो हेराइन भेटिएको थियो ।

संगतको बयानका आधारमा ब्युरोको टोलीले मंगलबार नै तिलगंगाबाट गुप्तालाई पाँच ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको थियो । पक्राउ पछिको बयानमा गुप्ताले औषधि व्यवस्था विभागको दराजमा लागुऔषध रहेको बयान दिएपछि ब्यूरोले पानस फर्मास्यूटिकल्सको नाममा रहेको दराजबाट थप २२ ग्राम खैरो हेरोइन बराद गरेको ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले अनलाइनखबरलाई जानकारी दिए ।

डिआइजी चन्दका अनुसार नेपालगञ्जबाट गुप्ताले खैरो हेरोइन काठमाडौं ल्याउने र विभागमा रहेको कम्पनीको दराजमा राखेर दुर्व्यसनीलाई तराजुमा जोखेर बिक्री गर्ने गरेको खुलेको छ । विभागको दराजमा भेटिएको २२ ग्राम खैरो हेराइनसहित डिजिटल तराजु समेत व्यूरोले बरामद गरेको थियो ।

‘गुप्ताले नेपालगञ्जबाट ल्याएको खैरो हेरोइन बिक्रीका लागि सुर्य संगतलाई दिने गरेका थिए,’ डिआईजी चन्दले भने, ‘संगत आफै पनि लागुऔषध प्रयोगकर्ता भएकाले बिक्री पनि उसैले गर्ने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।’

गुप्तासँग खैरो हेरोइन खरिद गर्न आएको अवस्थामा ब्युरोले बाँके रानीतलाउका प्रकाश जोशी, सदाम अन्सारी र बिरेन्द्र सिंहलाई समेत पक्राउ गरेको छ ।

औषधि व्यावसायको नाममा लागूऔषध धन्दा

लागूऔषध नियन्त्रण ब्यूरोले केही महिना अघि औषधि बनाउन ल्याएको रसायन लागूऔषध कारोबारीलाई बिक्री गरेको भन्दै पवन सांघाइको कम्पनि आर्य फर्मामा छापा मारेको थियो ।

त्यहाँबाट औषधि बनाउन प्रयोग हुने रसायन लागूऔषध कारोबारीलाई बिक्री गरेको भेटिएको थियो । त्यसलगत्तै व्यावसायी पवन सांघाइ फरार छन् ।

त्यसरी नै रसायनको दुरुपयोग गरेको भन्दै अर्को औषधि उत्पादन कम्पनि एसआर फर्मा माथि पनि ब्यूरोले अनुसन्धान गरिरहेको छ । औषधि कम्पनी सञ्चालकदेखि कर्मचारीसम्म अनेक बहानामा लागूऔषध कारोवारमा संलग्न हुन थालेको देखिएका छन् ।

त्यसो त लागूऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागकै अनुगमनमा औषधि पसलहरुसमेत औषधिजन्य लागूऔषध बिक्रीमा सक्रिय हुने गरेको भटिएका थियो । तर त्यस्ता उद्योग तथा औषधि व्यावसायीहरु माथि कार्वाही कमजोर हुँदा औषधि व्यावसायको नाममा लागूऔषध कारोबार मौलाउन थालेको ब्यूरोका अधिकृतहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?