Comments Add Comment

सानिमा बैंकले सक्षमसँग मिलेर गरिबलाई १ अर्ब लगानी गर्ने

1-Sanima-2
१३ असोज, काठमाडौं । सानिमा बैंकले वित्तीय पहुँचको अभावमा रहेका समुदायलाई लक्षित गरेर १३ जिल्लामा विपन्न वर्ग कर्जा प्रवाह गर्ने भएको छ । युकेऐड सक्षम फाइनान्स टु एक्सेसँंगको साझेदारीमा बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सक्षमसँगको सहकार्यमा बैंकले कालिकोट, कञ्चनपुर, सुर्खेत, दाङ, कैलाली, मकवानपुर, रुपन्देही, शंखुवासभा, बाँके, सुनसरी, चितवन, धादिङ र झापा जिल्लामा १ अर्ब १ करोड ३० लाख लगानी गर्ने भएको हो । यो कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ ।

यो कार्यक्रम सञ्चालनको लागि कालिकोटमा बैंकको शाखा स्थापना हुने भएको छ । ६ हजारले कार्यक्रमबाट लाभ लिने अपेक्षा गरिएको छ । ५० हजार रकमदेखि १० लाख रुपैयाँ कर्जा प्रवाह हुने बताइएको छ । यसले बैंकमा न्युनत्तम लागतको निक्षेपमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।

अहिले सहकारीजस्ता संस्थाबाट १ लाखसम्म कर्जा पाइन्छ, बैंकहरुले पनि न्युनत्तम ५ लाखसम्म कर्जा दिइरहेको तर यसबीचको रकमको कर्जा पाउँन सहज नएकाले यस्ता मिसिङ मिडल वर्गलाई लक्षित गरेर यो योजना अघि बढाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बताए । बैंकले यही कार्यक्रमको लागि २१ जना कर्मचारी खटाउँने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment