Comments Add Comment

गुजरातमा हुने कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बेलहियाबाट बिदाई

Karate-Team-bidai

१३ असोज, भैरहवा । भारतको गुजरातमा हुने रुरल गेम इन्टरनेशनल कराते च्याम्पियनसीपमा नेपालको तर्फबाट सहभागिता जनाउने कराते खेलाडीहरुलाई रुपन्देहीको बेलहिया सीमानाकाबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बिदाई गरेका छन् ।

आगामी अक्टोवर दुई र तीनमा भारतको गुजरातमा स्थित बडोदराको सारा स्टेडियममा हुने च्याम्पियनसीपमासहभागिता जनाउने नेपालका २० कराते खेलाडीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले शुभकामना सहित नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाई गरे ।

उनले प्रतियोगितामा नेपाललाई प्रथम स्थानमा पुर्‍याउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फरफराएर आउन शुभकामना दिँदै उत्कृष्ट हुने खेलाडीलाई पुरस्कृत गर्ने समेत घोषणा गरे ।

प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरियो कराते डो मिसनका संघका २० जना खेलाडीहरुले विभिन्न उमेर तौल समूहमा प्रतिपर्धा गर्नेछन् । यस्तै खेलाडीसँगै संघका संस्थापक अध्यक्ष एवम प्रमुख प्रशिक्षक के.वि राना, टिम संयोजक भिमसेन थापा, क्याप्टेन पुरन बहादुर गुरुङ्गलाई समेत विदाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment