Comments Add Comment

भेषावकरको पञ्चकन्या तेज इपीएल क्रिकेटको फाइनलमा

१३ असोज, काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटमा अविजित यात्रा जारी राख्दै शरद भेषावकरको टोली पञ्चकन्या तेजले फाइनल यात्रा तय गरेको छ ।

Everest-Premier-League.समूह चरण अन्तर्गत आज भएको चौथो खेलमा सगरमाथा लेजेण्ड्सलाई ४९ रनले हराउँदै पञ्चकन्याले उपाधि भिडण्त पक्का गरेको हो । निक्कै लयमा देखिएको यो टोली प्रतियोगितामा अहिलेसम्म अविजित छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले व्याटिङ गरेको पञ्चकन्याले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रनको बलियो योगफल बनाएको थियो । उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ओपनिङ बलर करण केसीले विष्फोटक ब्याटिङ गर्दै ५२ रन बनाए । ३१ बलको सामना गरेका उनले ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

पञ्चकन्याका लागि पृथु बास्कोटाले अविजित ३८ र कप्तान शरदले ३० रन जोडे । बलिङतर्फ सगरमाथाका लागि बिक्रम सोवले २ विकेट लिए ।

जवाफमा १ सय ८६ रनको लक्ष्य पछ्याएको सगरमाथा १७ दशमलब ४ ओभरमा १ सय ३६ रनमा समेटियो । उस्का लागि मेहवुव आलमले सर्वाधिक २३ रन बनाए । बलिङ तर्फ पञ्चकन्याका सुशील कँडेल र शरद भेषावकरले समान ३-३ विकेट लिए ।

यता आजै भएको खेलमा कलर्स एक्स फ्याक्टर्ससँग १५ रनले पराजित हुँदै कान्तिपुर गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ । कान्तिपुर गुर्खाजले लगातार तेस्रो खेल हारेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनायो । कलर्सका योगेन्ऽसिंह कार्कीले ३० र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । कान्तिपुरका बसन्त रेग्मी र ललितसिंह भण्डारीले दुई दुई विकेट लिए ।

१ सय २५ रनको लक्ष्य पछ्याएको कान्तिपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । कान्तिपुरका लागि प्रदीप ऐरीले ३१, बसन्त रेग्मीले २५ रन र अन्तिम थापाले ३० रन बनाए । कलर्सका अमर रौतेलाले तीन र अभिनास कर्णले दुई विकेट लिए ।

लिगमा लगातार तेस्रो पराजय ब्यहोरेको कान्तिपुरले ५ खेलबाट तीन अंक जोडेको छ । ३ खेल खेलेको जगदम्बा राहिनोजको २ र ४ खेल खेलेको सगरमाथाले खाता खोल्न सकेको छैन ।

लिगमा सम्पन्न ४ खेलबाट ८ अंक जोडेको पञ्चकन्या फाइनलमा पुग्दा गर्को फाइनलिष्ट टोलीको टुंगो भने शनिबार हुने बिशाल वारियर्स र कलर्सबीचको खेलबाट लाग्नेछ । लिगमा भोलि पञ्चकन्या र बिशाल वारियर्स तथा जगदम्बा र कलर्सबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment