Comments Add Comment

गोरखामा जीप दुर्घटना, एक जनाको मृत्यु

१३ असोज, गोरखा । गोरखाको बक्राङ गाविस–८ ठुलो दिप्लिङमा बिहीबार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

Gorkha_Map_455बक्राङबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको बा ९ च ७५४९ नम्बरको जीप ठुलो दिप्लिङको जलविरे जंगलमा दुर्घटना हुँदा बक्राङ–८ का २७ वर्षीय मेघबहादुर गुरुङको मृत्यु भएको हो ।

जीप चालक ताप्ले गाविसका भुवनबहादुर गुरुङ घाइते छन् । उनको अवस्था सामान्य रहेको गोरखा प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर जीप दुर्घटना भएको चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment