Comments Add Comment

जानी राखौं मेथीका फाइदा

Methi_Fenugreek

काठमाडौं । मेथी हाम्रो स्वास्थ्यका लागि फाइदाजनक छ । यो हाम्रो खानामा जडीबुटीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेथीलाई मसलाको रुपमा पनि हामीले खानामा प्रयोग गर्छौं । यसको स्वाद कडा हुनुका साथै तितो हुन्छ । यद्दपी यसमा कर्वोहाइड्रेट, प्रोटीन, क्याल्सियम, फाइबर तथा फस्फोरसको मात्रा अधिक हुन्छ ।

हाम्रो शरीरलाई अधिक मात्रामा फाइदा पुर्‍याउने मेथीका बारेमा आउनुस् हामी पनि जानी राखौ यी कुरा ।

मुटु सम्बन्धि रोग लाग्न दिँदैन

मेथीको दानामा गेलोक्टोमेनन पाइन्छ । यसले तपाईंको मुटुलाई स्वस्थ्य बनाउन मद्दत गर्नुका साथै मुटु सम्बन्धि रोगको जोखिमबाट समेत रोक्ने काम गर्छ ।

यसमा भएको पोटासियमले मुटुको गतिलाई कायम गर्न तथा नियन्त्रण गर्न समेत मद्दत गर्दछ ।

पाचन प्रकृयामा लाभदायक

फाइबर तथा एन्टीअक्सिडेन्टले भरिपूर्ण मेथीले शरीरमा भएका हानीकारक विषाक्तलाई बाहिर फाल्न मद्दत गर्छ । त्यस्तै, मेथीको पानीलाई पित्त, अपच तथा पेटको दुखाई कम गर्न पनि प्रयोग गर्न सकिन्छ ।

तौल कम गर्न लाभदायक

तौल कम गर्नमा पनि मेथी लाभदायक मानिन्छ । किनकी यसमा प्राकृतिक रुपमै फाइबर रहेको हुन्छ जसले तपाईलाई भोक दवाउन मद्दत गर्छ ।

व्लड सुगर नियन्त्रण गर्छ

मधुमेहका विरामीले मेथीलाई आफ्नो खानामा दैनिक प्रयोग गरेको खण्डमा मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । यसमा गेलोक्टोमेनन हुन्छ, जुन आफैमा एक प्रकारको घुलनशील फाइबर हो । यसले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

शरीर सुन्निनबाट जोगाउँछ

मेथीमा जलन तथा सुन्निएको कम गर्ने तत्व हुन्छ । यसले मुखको अल्सर, पिलो, ब्रोङ्काइटिस, छालाको समस्या, कडा खोकी, क्यान्सर, मिर्गौला सम्बन्धि समस्या घटाउन मद्दत गर्छ ।

त्यसैगरी मेथीले शरीरबाहिर समेत घाउ हुँदा तथा चोटपटक राख्दा औषधिको रुपमा काम गर्छ ।

विशेषगरी मेथीलाई कपडामा बेरेर सुन्निएको ठाउँमा सिधै राखेमा पनि यसले औषधिको रुपमा काम गर्छ । त्यस्तै, दुखाई कम गर्न, मांसपेशी सुन्निएको कम गर्न, गाउट, घाउ, खुट्टाको अल्सर, चायाँ कम गर्न पनि मद्दत गर्छ ।

मेथीमा कति पोषकतत्व हुन्छ ?

एक चिया चम्चा मेथीमा ३५.५ ग्राम क्यालोरी, ६.४ ग्राम कार्बोहाइडे्रट, २.५ ग्राम प्रोटिन, ०.७ ग्राम चिल्लोपना, २.७ ग्राम फाइबर, ३.७ मिलिग्राम आइरन, ०.१ मिलिग्राम मेग्निस पाइन्छ ।

यसैगरी ०.१ मिलिग्राम कपर, २१ मिलिग्राम म्याग्नेसियम, ३२.६ ग्राम फोस्फोरस, ७.४ मिलिग्राम सोडियम, ०.१ मिलिग्राम भिटामिन बी सिक्स र ०.३ मिलिग्राम भिटामिन सी पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment