Comments Add Comment

करण र अजयको तनावले आलिया धर्मसंकटमा

aliya bhatta hot photo
निर्माता तथा निर्देशक करण जोहर र नायक अजय देवगणको लामो समयको दुश्मनीले नायिका आलिया भट्टलाई भने धर्मसंकटमा पारेको छ । करण जोहरले नै आलियालाई बलिउडमा भित्राएका हुन् । यसैले पनि करणको विरुद्धमा गएर आलिया काम गर्न सक्दिनन् ।

हालैमात्र, आलियाले ‘गोलमाल ४’को अफरलाई अस्विकार गरेकी थिइन् । आलियाले आफूसँग यो चलचित्रका लागि समय नभएकाले छाडेको बताएकी थिइन् । तर, भारतीय मिडियाले आलियाले यो चलचित्र छाड्नुको पछाडि नायक अजय देवगण र निर्माता तथा निर्देशक करण जोहरको लफडालाई मुख्य आधार भनेका छन् ।

करण र अजयको दुश्मनी बलिउडमा लामो समयदेखि चल्दै आएको छ । जसकाकारण, आलियाले अजयको मुख्य भूमिका रहने चलचित्र ‘गोलमाल ४’ नगर्ने निर्णय गरेकी हुन् । आलिया, अजयसँग काम गरेर करणसँग दुरी बनाउन चाहन्न् । ‘गोलमाल ४’लाई रोहित सेट्टीले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment