Comments Add Comment

सोनम भन्छिन्-‘यस्ती ‘काली र मोटी’ केटीसँग कसले बिहे गर्छ भन्थे’

soonam kapoor
भारतका पूर्व विश्व सुन्दरी ऐश्वर्या राय, प्रियंका चोपडादेखि अहिलेका चर्चित नायिका दीपिका पादुकोण, आलिया भट्ट लगायतमाथि उनीहरुको शरीरको आकार, रंग, तौललाई लिएर आलोचना भैसकेको छ । एक अनलाइनलाई दिएको अन्र्तवार्तामा नायिका सोनम कपुरले भनेकी छिन्-‘मलाई मेरा केही आफन्तले यति अग्ली, काली केटीसँग कसले बिहे गर्ला भन्थे ?’

सोनमले भनेकी छिन्-‘हरेक यूवती जस्तै मैले पनि वेडरुम अगाडिको ऐना धेरै पटक हेरेकी छु र अनिदो रात बिताएकी छु ।’ सोनमले आफूले ‘आफ्नो शरीर किन यस्तो देखिन्छ ? मेरो पेट किन बाहिर निक्लिएको छ ? म यति धेरै मोटी किन छु ? म गोरी किन छैन ?

मेरो आँखाको तल किन कालो धब्बा छ ? म आफ्नो उमेर भन्दा ज्याद अग्ली किन छु ? के मेरो आँखाको दाग जाला ?’ जस्ता कुरा सोचेर कैयौ रात अनिदोमै बिताएको बताइन् ।

जब सोनम १८ बर्षकी थिइन् । उनी कुनै एक यूवकसँग डेटमा गएकी थिइन् । तर, त्यो डेट खासै राम्रो भएन । पछि त्यो यूवकले सोनमको बिषयमा टिप्पणी गर्दै भनेका थिए-‘सोनम निकै मोटी छिन् ।’ त्यसदिन देखि आफूले खान र पिउन छाडेको सोनमको भनाई छ ।

१३ बर्षको उमेरमा गोवा जाँदा ऐश्वर्या राय परिवारसँग बिदा मनाउन त्यहाँ पुगेकी थिइन् । ऐश्वर्यालाई देखेर आफू मोहित भएको सोनमको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment