Comments Add Comment

ओलीले भने- एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ

१३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमाथि सार्क अध्यक्षको हैसियतले भारत पाकिस्तान विवाद समाधानमा भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।

KP-Sharma-Oliनेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र हो । तर, भारत र पाकिस्तानको विवादका कारण १९ औं सार्क शिखर सम्मेलनमा अन्यौलमा परेको छ । भारतसहित चार देशले सार्कमा भाग नलिने बताएको छ भने नेपालले छिट्टै सार्क सम्मेलन गर्नु पर्नेमा जोड दिएको छ ।

तर, एमाले अध्यक्ष ओलीले भने अध्यक्ष राष्ट्रका नाताले नेपालले ठोस पहल नगरेको बताए । पार्टीको सम्पर्क समन्वय कमिटीले बिहीबार पार्टी मुख्यालयमा गरेको कार्यक्रममा ओलीले विवाद बढ्दै जाँदा सार्कको अस्तित्व नै संकटमा पर्ने देखिएको बताए ।

उनले भने, अध्यक्षको हैसियतमा नेपालले भूमिका खेल्नुपर्थ्यो । तनावलाई सिथिलिकरण गर्नु पथ्र्यो । तर, नेपाल निरीह भएर न अम्पायर, न खेलाडी जस्तो गरी किनारमा बसेर दर्शकले खेल हेरेझै हेरिरहेको छ (हाँस्दै) ।’

उनले अघि भने, सभापति नै त्यसरी हेरिरहेको छ ट्वाँ परेर … यो त बल बाहिर गयो कि गएन, कसैले लाइन मिच्यो कि मिचेन, फल खेल्यो कि खेलेन केही पनि थाहा छैन ।’

ओलीले एमालेको नीति, विचार र सिद्धान्त अरु कुनै पार्टीसँग तुलना हुन नसक्ने दाबी गरे । देशलाई अग्रगामी दिशा र समृद्धि गराउने सम्बन्धमा एमालेको नीति अरुको भन्दा उत्तम भएको दाबी गर्दै उनले भने, ‘एमाले आकाशमा उडेको बाज हो, अरु दल भुइँको बट्इ हुन् ।’

कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारका समयमा ल्याइएका राम्रा नीति तथा कार्यक्रमलाई प्रचारप्रसारका साथै संविधान कार्यान्वयनका लागि देशव्यापी अभियान सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment