Comments Add Comment

बंगलादेशमा जन्मियो अचम्मको शिशु, जन्मदै ८० बर्षीय बृद्धजस्तो

achamma-ko-bachcha

बंगलादेशमा एउटा यस्तो बच्चा जन्मिएको छ जसले चिकित्सा बिज्ञान नै अचम्भित बनाएको छ । भर्खरै जन्मिएको बच्चा ८० बर्षीया बृद्धजस्तो देखिन्छ, उसका अनुहार चाउरी परेका छन्, शरीरभरी रौहरु उम्रिएका छन् र छाला कडा छ ।

बंगलादेशको माउरामा जन्मिएका यी शिशु प्रोगेरियाबाट पीडित रहेको स्थानीय डाक्टरहरुले बताएका छन् । जुन निक्कै कम मात्रामा देखिने जेनेटिक डिसअर्डर हो ।

हरेक चालीस लाख जनसङख्यामा १ जनालाई हुने रोग उनलाई लागेको हो । यस्तो रोग लागेपछि बच्चा असामान्य देखिन्छ ।

उपको उपचारमा संग्लग्न चिकित्सकले भनेका छन् कि ‘यो बच्चा कुनै एंगलबाट हेर्दा पनि भर्खरै जन्मिएको जस्तो लाग्दैन ।’

तर उनका माता पिता अचम्मको बच्चा जन्मिएपछि परिवारमा खुसीयाली मनाइरहेका छन् । उनीहरुले आफ्नो खुसी व्यक्त गर्न कन्जुस गरिरहेका छैनन् ।

बच्चाका पिता विश्वजित पाट्रोले भनेका छन्, ‘हामी भगवानलाई धन्यबाद दिन चाहन्छौं । मेरो छोराको यस्तो अवस्थाको जन्मबारे हामीले दुखी हुनुपर्ने कारणै छैन ।

‘उ जस्तो छ हामी त्यस्तैमा उसलाई अपनाउछौं । हामी हाम्रो परिवारमा बालकको आगमनले अत्यन्तै हर्षित छौं ।’ उनले भने, ‘यसअघि हाम्री छोरी छिन्, अब हाम्रो परिवार चार जनाको भएको छ ।’

थुप्रै उत्सुक मानिसहरु पाट्रो र उनकी श्रीमती पारुलको बच्चा हेर्न उनीहरुका घरमा आउने गर्छन् । स्थानीय अस्पतालले आमा र बच्चाको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment