Comments Add Comment

पहिलोपटक जन्माइयो ३ जना आमाबावुबाट एउटा बच्चा

world’s first baby born using DNAसन्तानोत्पादन कार्यमा महिला र पुरुषको भूमिका रहन्छ । अर्थात् एक जना महिला र एकजना पुरुषबीचको समागमपछि गर्भ रहेसँगै महिलाको पाठेघरमा भ्रुणको सिर्जना हुन्छ ।

यसरप्रकार कुनैपनि बच्चा जन्मिनका लागि दुइजना मानिस, एकजना आमा र एकजना बुवाको भूमिका हुन्छ । तर वैज्ञानिकहरुले भने दुइजना मात्र होइन ३ जना आमाबुवा भएको बच्चाको जन्म गराउन सफल भएका छन् ।

अमेरिकी वैज्ञानिकहरुले विश्वमा पहिलोपटक तिन जना मानिसबाट एउटा सन्तान जन्म गराएका हुन् । यो नयाँ प्रविधि अन्तरगत तिनजना महिला पुरुषको डिएनएको प्रयोग गरी भ्रुण तयार पारिएको हो ।
अमेरिकी डाक्टरहरुको प्रयास तथा हेरचाहमा जोर्डनका एक दम्पत्तिले पाँच महिना पहिले मेक्सिकोमा ३ आमाबुवा भएको बच्चा जन्माए । बच्चा पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ।

उक्त बच्चाको आमाको सरीरमा लेघ सिन्ड्रोम नामक रोगको वंशाणु थियो । यो रोगका कारण स्नायु प्रणाली रोगग्रस्त हुन्छ । ती महिलाको माध्यमबाट यो रोग उनका यसअघिका दुइ बच्चामा सरिसकेको थियो र रोगकै कारण दुबै बच्चा मरे । रोगकै कारण यी महिलाको जम्माजम्मी ४ पटक गर्भपात भैसकेको थियो ।

पटक पटक गर्भपात तथा जन्मिएको बच्चा समेत रोगका कारण मरेसँगै यो दम्पत्तिले अमेरिकाको न्यूयोर्कमा रहेको न्यू होप फर्टिलिटी सेन्टरका डाक्टर डन झेंगसँग सहयोग लिए । डाक्टरको उपचारपछि महिलाको सरीरमा भएको रोगयुक्त जिन बच्चामा नसर्ने भएको छ ।

डाक्टरले नयाँ प्रविधिको सहायताले रोगयुक्त माइटोकोन्डि्रयालाई आमाको जिनबाट हटाइदिए । त्यसपछि आमाको डिएनएको न्युक्लियसको प्रयोग गरे र त्यसलाई दाताको डिम्बसँग जोडिदिए ।

दाताको डिम्बको न्यूक्लियस हटाइएको थियो । यसलाई न्युक्लिएर ट्रान्सफर भनिन्छ । यसमा वास्तविक आमा र दाता आमा दुबैका डिम्बको प्रयोग गरिन्छ । त्यसरी तयार पारिएको डिम्बलाई लोग्नेको शुक्रकिटसँग फर्टिलाइजेसन गराइयो ।

ऋमेरिकी डाक्टर जोन झांग नेतृत्वको टोलीले ३ आमाबुवाबाट सन्तान जन्माउने कार्यमा सफलता प्राप्त गरेका भएपनि कतिपयले भने अमेरिकी डाक्टरहरुले नियमन विना तथा उपचारको विवरण सार्वजनिक नगरीकन यस्तो प्रविधि अपनाएको भन्दै आलोचना गरेका छन् ।

स्मरण रहोस् अमेरिकामा यस्तो प्रविधि प्रयोग गर्न प्रतिबन्धित छ तर मेक्सिकोमा भने यस सम्बन्धी कुनै कानून नै छैन ।

कुनै घातक वंशाणुगत रोग भएका आमाबुवाबाट सन्तानमा त्यस्तो रोग नसरोस् भन्नका लागि यो प्रविधि निकै लाभदायी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment