Comments Add Comment

हड्ताल गरी काममा अनुपस्थित भएको दिनको तलव अब नपाउने

१४ असोज, काठमाडौं । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् ।

udyogव्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब नो वर्क नो पे को व्यवस्था लागू हुने भएको हो ।

‘नो वर्क नो पे’ प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै  लागू हुन्छ ।

नयाँ व्यवस्था अनुसार राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाईप्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलव नपाउने आजको कारोबार दैनिकमा समाचार छ ।

व्यवसायीले लामो सयमदेखि माग गर्दैै आएको यो व्यवस्था राजनीतिक दलहरुकेा असहमतिले रोकिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment