Comments Add Comment

दशैंमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

Tickets booking for Dashain_2073 (6)१४ असोज, काठमाडौं । यसपालि दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् ।

दशैंका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ ।

तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका अाजको नयाँ पत्रिकामा समाचार छ ।

क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् ।

क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन ।

त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ ।

‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप-यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं । छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment