Comments Add Comment

आर्थिक चलखेल गर्दै सेटिङमा विदेशीलाई भिसा

Chinese Tourist In Nepal१४ असोज, काठमाडौं । अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ ।

असोज ६ गते साउदी अरेबियन नागरिक अल्जरिन्द मोहमद हुसेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलस्थित अध्यागमन कार्यालयले उनेको गैरपर्यटकीय प्रवेशाज्ञा शंकास्पद पाएको भन्दै प्रस्थान अनुमति पाइसेकेपछि पक्राउ गर्दा त्यहाभित्रको विकृति र आर्थिक चलखेल छाताछुल्ल भएको आजको अन्नपूर्णमा समाचार छ।

अध्यागमनका केही कर्मचारीले हुनेसनलाई सेटिङमा भिसा दिएपछि त्यसको रेकर्डसमेत अध्यागमनमा नराखेको पाइएको छ ।

हुसेनले वयानका क्रममा आफूले भिसा लिँदा ८ सय अमेरिकी डलर तिरकेो बताएका छन् । तर भिसावापतको रकम कर्मचारीले दाखिला गरेका  छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment