Comments Add Comment

यस्तो जेल, जहाँ जानका लागि मानिसहरुले सोर्सफोर्स लगाउँछन्

jail1जेलको हावा खान कसलाई मन पर्छ र ? जेलको नाम सुन्दैमा जिरिंग हुन्छ जिउ । अपराध गरिसकेपछि पनि जेल जान नपरोस् भनेर मानिसहरुले कस्ता कस्ता तिकडम गर्छन् भन्ने कुरा हामीले देखे सुनेकै हो ।

तर यदि कोही मानिसले जेल जानबाट बँच्नका लागि होइन कुनै जेलमा कैदी हुनका लागि ठूलै सोर्सफोर्स लगाउनुपर्ने अवस्था आयो भने के होला ?

जेलमा जानका लागि सोर्सफोर्स ? यो त्यति पत्यार लाग्ने कुरा भएन । तर सत्य हो । भारतको मध्यप्रदेशस्थित होसंगाबाद जिल्लामा एउटा यस्तो जेल छ जसमा बस्नका लागि कैदीहरु हृारगुहार गर्दछन् । यो जेलमा बस्नका लागि कैदीहरुले ठूला ठूला नेताहरुको सोर्सफोर्स लगाउँछन् । जेलमा २५ जना कैदी अट्छन् । तर जेलमा बस्न पाउँ भनेर २ सय भन्दा बढिले आवेदन गर्दछन् ।

वास्तवमा यो जेलमा जानका लागि कैदीहरु मरिहत्ते गर्नुको कारण चाहीँ यो खुल्ला जेलभित्र व्यवसाय तथा जागिर गर्ने राम्रो सुविधा छ । कतिपय कैदी त यहीँ जेलभित्र बसेर व्यवसाय गर्दै लखपति समेत बनिसकेका छन् ।

मध्यप्रदेशमा रहेको यस प्रकारको खुल्ला जेल यो पहिलो हो । यो जेलमा जानका लागि कैदीहरुबीचमा हानथाप र ठूलाबडाको सोर्सफोर्स र दबाब हुने भएपनि यहाँ कुनै सोर्सफोर्स लाग्दैन र जेलले नै कस्ता कैदीलाई राख्ने भन्ने छनोट गर्दछ ।

खासगरी बाध्यताबस अपराधको दलदलमा फसेका कैदीहरुले यहाँ स्थान पाउँछन् । साथै परिवार भएका र कैद सजाय भुक्तानी हुनै लागेका कैदीहरुले प्राथमिकता पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment