Comments Add Comment

अमेरिकामा रेल दुर्घटना, एकको मृत्यु, एक सय आठ घाइते

train_america_accident१४ असोज, काठमाडौं । अमेरिकी राज्य न्यूजर्सीको सहर होबोकेनमा  रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार एक यात्री ट्रेन रेलवे स्टेशनमा पसेसँगै दुर्घटना भएको हो ।

सामाजिक सञ्जालहरुमा देखिएको तस्वीरहरुमा रेलवे स्टेशनमा धेरै क्षति पुगेको देखिएको छ ।

एक स्थानीय रेडियो स्टेशनका अनुसार दुर्घटाग्रस्त रेल स्टेशनको स्वागत कक्षामा पसेको थियो । दुर्घटनामा परेको रेल लिकबाट बाहिर गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment