Comments Add Comment

बलिउड निर्माताहरुले लगाए पाकिस्तानी कलाकारमाथि प्रतिवन्ध

mahira khan
हिन्दी चलचित्र निर्माताहरुको सबैभन्दा ठूलो संगठन ‘इन्डियन मोसन पिक्चर्स प्रोड्यूसर्स एसोसियसन’ले पाकिस्तानी कलाकारलाई हिन्दी चलचित्रमा काम गर्न प्रतिवन्ध लगाएको छ ।

एसोसियसनका अध्यक्ष तथा निर्माता टीपी अग्रवालले भनेका छन्-‘हामीले ८७ औं सभामा यो कुरा पारित गरेका छौ कि, हाम्रो संस्थाका सदस्यको चलचित्रमा कुनै पनि पाकिस्तानी कलाकारलाई खेलाउन प्रतिवन्ध लगाइएको छ । पाकिस्तानको तर्फबाट आतंकवादलाई प्रोत्साहन दिएपछि भारतमा बढेको आक्रोशलाई हेर्दै यो निर्णय गरिएको हो ।’

तर, यो प्रतिवन्ध भारत र पाकिस्तानविचको तनाव कम नभइन्जेलसम्मलाई कायम गरिएको उनले बताए । उरी हमलापछि मुम्बइको एमएनएस पार्टीले पाकिस्तानी कलाकारलाई ४८ घन्टा भित्र भारत छाड्न चेतावनी दिएको थियो । उसले पाकिस्तानी कलाकारले अभिनय गरेका कुनै पनि हिन्दी चलचित्र महाराष्ट्रमा प्रदर्शन गर्न नदिने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment