Comments Add Comment

काली भनेपछि कार्यक्रम छोडेर हिंडिन् तनिष्ठा

Tannishtha-Chatterjeeमुम्बई । अभिनेत्री तनिष्ठा चटर्जीले आफ्नो कालो छालाको विषयमा कार्यक्रम प्रस्तोताले मजाक उडाएको भन्दै ‘कमेडी नाइट्स बचाओ’ टेलिभिजन कार्यक्रमको आलोचना गरेकि छिन् ।

३५ वर्षिय तनिष्ठा चटर्जी उक्त शोमा आफ्नो फिल्म पाच्र्डको प्रमोशनको शिलसिलामा सहभागी भएकी थिइन् । फिल्म निर्देशक लीना यादब र नायिका राधिका आप्टे पनि कार्यक्रममा सहभागी थिइन् ।

जब कार्यक्रममा तनिष्ठाको छालाको रंगको विषयमा मजाक उडाउन सुरु भयो उनी कार्यक्रमको विचवाटै उठेर हिंडिन् । लगत्तै उनले फेसबुकवाट कार्यक्रमको विरोध गरेकि थिइन् ।

‘कार्यक्रम आधा हुँदासम्म मेरो रंगको विषयमा मजाक उडाइयो । मैले सोचें कार्यक्रमको टपिक्स फेरिन्छ । तर, त्यस्तो भएन । अनि म उठेर हिंडेँ’ उनले भनिन् ।

उनले फेशबुकमा लोखेकी छिन् ‘एक पटक मलाई सोधियो तपाइको थर चटर्जी हो ? तपाई ब्राम्हण हो ? तपाईको आमाको थर के थियो ? उनी पनि ब्राम्हण थिईन् । यसपछि मलाई अप्रत्क्ष संकेत दिइयो । फेरि म किन काली भएँ । जाती वर्ण र वर्गलाई लिएर पूर्वाग्रह साँधिन्छ । तल्लो जातीका मान्छे कालो हुन्छन् भन्ने मानसिकता अझै छ’ ।

उनको पोष्ट भाइरल भएपछि कार्यक्रम प्रशारण गर्ने कलर्स टिभीले तनिष्ठासँग माफी मागेको छ । कलर्स टिभीमा कृष्णा र भारती सिंहले कार्यक्रम प्रस्तुत गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment