Comments Add Comment

टिकटमा व्यवसायीको दादागिरी, सरकार मुकदर्शकः अधिकारी

Rabindra-Adhikari१४ असोज, काठमाडौं । नेकपा एमालेका नेता रविन्द्र अधिकारीले दशैको समयमा सवारी व्यवस्थापन गर्नुको सट्टा सरकार मुखदर्शक बनेको आरोप लगाएका छन् ।

शुक्रबारको संसद वैठकमा नेता अधिकारीले दशैंमा घर जानको लागि नागरिकहरु टिकट खोजिरहेपनि व्यवसायीको दादागिरीका कारण टिकट पाउन नसकेको बताए ।

नेता अधिकारीले सिटभन्दा धेरै यात्रु चढाउन नपाए गाडी नचलाउने भन्ने व्यवसायीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै सरकार र व्यवसायीको मिलेमतो रहेको आरोप लगाए ।

उनले भने  ‘जो व्यवसायीहरुले गाडी चलाउन मान्दैनन् उनीहरुको  दर्ता र रुटपर्मिट खारेज गर्न सरकार किन सक्दैन ?’

नेता अधिकारीले दशैको समयलाई लक्षित गर्दै खोलिएका सुपथ मुल्य पलसलाई नौंटंकिको संज्ञा दिदै  त्यसका नाममा सरकारले कालोबजारीलाई प्रोत्साहन गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment