Comments Add Comment

कांग्रेस सांसदले भने-हिन्दीलाई राष्ट्र भाषा बनाइयोस्

Samsad

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन् ।

व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद देवनारायण कलवारले भने, ८० प्रतिशत जनताले बुझ्ने हिन्दी भाषालाई राष्ट्रभाषा बनाइयोस् ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई हिन्दी भाषा राष्ट्रभाषा कायम गर्न संविधानमा शंसोधन प्रक्रिया अघि बढाउन माग गरे ।

सांसद कलवारले एक अध्ययनको दाबी पेश गर्दै नेपालमा ५० प्रतशत जनताले हिन्दी भाषा बोल्ने र ८० प्रतिशतले बुझ्ने भएकाले राष्ट्रभाषा हिन्दी नै हुनुपर्ने बताए । यस्तो माग गरिरहदा उनी भने नेपाली भाषामै बोलिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment