Comments Add Comment

राकेश वाधवाको नाममा रेड कर्नर नोटिस जारी गर्न संसदीय समितिको निर्देशन

१४ असोज, काठमाडौं । संसदीय समितिले क्यासिनो नेपालका तत्कालीन संचालक भारतीय नागरिक राकेश वाधवा, शालिनी वाद्वा र शान्ति चड्डाका नाममा रेड कर्नर नोटिस जारी गर्न निर्देशन दिएको छ । इन्टरपोलमार्फत कर्नर नोटिस जारी गर्न र पक्राउ गरेर नेपाल झिकाइ क्यासिनोका कर्मचारीहरुले पाउनुपर्ने रकम असुलअउपर गर्न भनेको छ ।

Rajesh-badhawaसोल्टी होटल परिसरमा नेपाल रिक्रियशन सेन्टरले सञ्चालन गरेको क्यासिनो नेपाल ९ सय ३१ जना कामदारलाई ४५ करोड ४२ लाख रुपैयाँ तलब सुविधा तथा सरकारलाई ६ वर्षको रोयल्टी तिर्न बाँकी छ ।

सामाजिक न्याय तथा मानवअधिकार समितिले उपसमितिको सुझावका आधारमा तत्कालीन क्यासिनो नेपाका कर्मचारीले पाउनुपर्ने सुविधा र सरकारको राजस्व असुल उपर गर्न निर्देशन दिएको छ ।

समितिले इन्टरपोलमार्फत वाधवा र चड्डालाई नेपाल झिकाएर रकम असुलउपर गर्न नसके कर्मचारीको तलब सोल्टी होटलबाट दिलाउने व्यवस्था गर्न पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सोल्टी होटलले क्यासिनो नेपालको इजाजत लिई कर्मचारी आफैं नियुक्त गरेर रिक्रियशन सेन्टरलाई क्यासिनो लिजमा दिएको र रिक्रियशन सेन्टर भागेपछि सोल्टी होटलले एकतर्फी रुपमा सम्झौता तोडेकाले कर्मचारीको बाँकि तलबसुविधा होटलले दिनुपर्ने समितिको निर्णय छ ।

सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो संचालन सम्बन्धी विधेयक संसद्को चालु अधिवेशनमा पेश गर्न पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले कानूनमा क्यासिनो सञ्चालकहरु परिवर्तन हुँदा विगतको सबै दायित्व लिने र ५ वर्षको दायित्व बराबरको जायजेथा वा बैंक ग्यारेण्टी धरौटीवापत जम्मा गर्न सक्ने कम्पनीलाई मात्र क्यासिनो संचालनको अनुमति दिन सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment