Comments Add Comment

ट्राफिक प्रहरीका गाडीमा अब भिडियो क्यामेरा

हुण्डाइले दियो ५० थान, सडकमा निगरानी बढ्ने

traffic help

१४ असोज, काठमाडौं । उपत्यकाको सडकमा गुडने ट्राफिक प्रहरीको गाडीमा अब ‘ड्याश क्याम’ भिडियो क्यामेरा जडान हुने भएको छ ।

क्यामेरा जडान भएपछि ट्राफिकको गस्तीमा निस्किने गाडी सडकमा गुड्दा भिडियो रेकर्ड गर्ने छ । त्यही भिडियो रेकर्डको आधारमा ट्राफिक प्रहरीले सवारी ऐन नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउने छ ।

शुक्रबार महानगरीय ट्राफिक प्रहरी माहाशाखामा आयोजित एक कार्यक्रमकाबीच नेपालको लागि हुण्डाइ गाडीको आधिकारी बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्ट प्रालिका प्रमुख अञ्जन श्रेष्ठले ट्राफिक प्रहरी प्रमुख प्रकाश अर्याललाई ५० थान क्यामेरा हस्तान्रण गरे ।

हुण्डाइले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै ट्राफिक प्रहरीलाई सडक निगरानीमा सहयोग हुने गरी क्यामेरा उपलब्ध गराएको हो ।

कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत सडक दुर्घटनामा न्युनीकरण गर्न ‘ड्याश क्याम’ भिडियो क्यामेरा सहयोग गरेको श्रेष्ठले बताए । हस्तान्तरण गरिएका सबै क्यामेरा उपत्यकाका सबै ट्राफिक प्रहरीको गाडीमा जडान हुनेछ ।

अहिले ट्राफिक प्रहरीसँग छातिमा बाध्ने ‘गो-प्रो’ क्यामेरा २६ वटा छ भने शरीरको जुनसुकै ठाउँमा राख्न मिल्ने ६ वटा बडी क्यामेरा पनि छ ।

क्यामेरा गाडीमा अगाडि वा पछाडि जुनसुकै ठाउँमा जोडन मिल्ने र यसले ३ किलोमिटरसम्मको भिडियो खिच्न अध्यक्ष श्रेष्ठले बताए । क्यामेराले ड्याशबोर्डमार्फत गाडिको स्क्रिनमा निरन्तर भिडियो रेकर्ड गर्न सक्ने छ ।

traffic lai help

यसबाट ट्राफिक प्रहरीलाई दुर्घटनाको प्रमाण मिल्नुका साथै ट्राफिक नियम उल्लंघन गर्ने र बिमामा हुने ठग्गीहरुको समेत नियन्त्रण गर्न सहयोग गर्ने उनले बताए ।

यो क्यामेराले २४ एफपीएस भिडियो १२८०/७२० पिक्सको रेजुलेशनमा रेकडिङ गर्छ । साथै क्यामेरामा साउन्ड रेकडिङ र ६४ जीबीको मेमोरी कार्डसमेत सर्पोट गर्नेछ ।

यसैगरी गाडीको क्यामेरामा रहेको जीपीएसले गाडीको गतिलाई पनि देखाउन सहयोग गर्छ । क्यामेरामा रहेको वाइड एंगल क्यामेराले १३२ डिग्री कोणमा दृश्य देखाउँछ ।

सवारी दुर्घटना न्यूनीकरणमा ५० थान क्यामेरा सहयोगी हुने हुण्डाईलाई डिआइजी अर्यालले धन्यवाद समेत दिएका छन् ।

ट्राफिक प्रहरी सवारी आगमन सहज बनाउँदै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध रहेको समेत अर्यालले बताए । नयाँ क्यामेराको सहायताबाट सवारी दुर्घटना न्यूनीकरणमा कमी ल्याउन सहज हुने उनको विश्वास छ ।

हुण्डाइले कर्पोरेट उत्रदायित्व अन्तरगत डि्रम मुभी, नेक्स्ट मुभी, इजी मुभी, गि्रन मुभी, सेफ मुभी र ह्यापी मुभी अभियान बनाएर विभिन्न सामाजिक काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment