Comments Add Comment

प्रभु मनि र जनसेवी लघुवित्तबीच रेमिट्यान्स सम्झौता

Prabhu-Money-Transfer१४ असोज, काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा जनसेवी लघुवित्तका तर्फवाट अध्यक्ष विकाश गौचनले हस्ताक्षर गरे ।

पर्वतको कुश्मा ९, मेलमिलापचोकमा प्रधान कार्यलय रहेको लघुवित्तको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहु, लमजुङ्ग, र गोरखा जिल्लाको स्विकृति रहेको छ ।

सम्झौता पश्चात लघुवित्तका सवै शाखाहरुबाट प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सेवा दिने भएको छ । आगामी दशैंसम्ममा सेवा सञ्चालनमा ल्याइने बैंकको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment