Comments Add Comment

बिहारमा रक्सी पिउन पाइने, अदालतले हटायो प्रतिबन्ध

Jadyaha

काठमाडौं । पटना उच्च न्यायलयले बिदेशी रक्सीको बिक्री र उपभोगमा बिहार सरकारले लगाएको प्रतिबन्धलाई अबैध फैसला गरिदिएको छ ।

बिहार सरकारले गत अप्रिल ५ मा बिदेशी रक्सीको कारोबारमा रोक लगाएको थियो ।

बिदेशी रक्सी निर्माता, रेस्टुरेन्ट र बारका मालिकहरुले बिहार सरकारको यो फैसलाको चुनौति दिएका थिए । त्यस मुद्धामा सुनुवाइ गर्दै पटना हाइकोर्टले रक्सीको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

पटना हाइकोर्टका वकिल सत्यवीर भारतीले सरकारी फैसलाबिरुद्धको मुद्धामा अभियोजनकर्ताको पक्षबाट बहसमा सहभागी थिए ।

पटना हाइकोर्टको आजको फैसलापछि वकिल सत्यवीरले भनेका छन् कि ‘सरकारले जुन धारालाई टेकेर बिहारमा रक्सी प्रतिबन्ध लगाएको थियो त्यसलाई अदालतले गैरकानूनी भनेको छ ।’

यस फैसलापछि बिदेशी रक्सीमाथिको प्रतिबन्ध समाप्त भएको छ भने स्थानीय रक्सीमाथिको प्रतिबन्ध भने जारी रहनेछ ।

नितिश कुमारले पछिल्लो पटक बिहारका मुख्यमन्त्री भएपछि लिएको ठूला निर्णयमध्ये रक्सीमाथिको प्रतिबन्ध पनि प्रमुख निर्णयमा परेको थियो

तर शुक्रबारको फैसलाले नितिश सरकारले ल्याएको कानुनलाई पटना उच्च न्यायलयले गैरकानुनी भएको ठहर गरेको छ ।

नेपालसँग जोडिएको भारतीय राज्य बिहारमा रक्सी प्रतिबन्धित भएपछि भारतीयहरु सीमावर्ती नेपालको बजारमा आएर रक्सीको प्यास मेटाउने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment