Comments Add Comment

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने

global-ime55
१४ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ । एक्वायरसम्बन्धी सम्झौतापत्रमा शुक्रबार ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल र रिलायबल अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरे ।

दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ । राष्ट्रिय स्तरको विकास बैंककोरुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आइरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

रिलायबललाई ग्लोबलले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी. ८ अर्व भन्दा बढी हुनेछ । त्यसैगरी, कुल निक्षेप ८८ अर्व, कर्जा लगानी ७४ अर्व रुपैयाँ र शाखा संख्या १ सय ११ वटा पुग्नेछन् ।

बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई मिति गत असार १ गते एक्विजिसन गर्ने सहमति गरी एक्विजिसनको प्रक्रियामा रहेको छ । त्यसअघि नै बैंकले कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टीच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ ।

रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंकसँग मर्जर भई रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भएपछि १०वटा बैंक वित्तीय संस्था मर्जर/एक्विजिसन भई बनेको पहिलो बैंक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment