Comments Add Comment

फेसबुकमा ‘केन जोनसन’को फ्रेण्ड रिक्वेस्ट आयो ? ठगिनु होला है !

१४ असोज, काठमाडौं । लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान नै छ । उपहार पाउने लोभमा पर्दा फेसबुक साथीमार्फत नेपाली महिलाहरु ठगिएको रहस्य खुलेको छ ।

Facebookप्रहरीका अनुसार ‘केन जोनसन’ नामको फेसबुक आइडीबाट धेरैलाई साथी बन्न आग्रह आएको थियो । नेपाली महिलाहरुलाई साथी बनाएपछि बिहे गर्नेसम्मका आश्वासन पनि दिन्थे र व्यक्तिको आयश्रोत हेरेर मोबाइल, ल्यापटप र केही डलरसहित ४० लाख बराबरीको समान पठाउँछु भन्ने आश्वासन दिन्थे । र, सामान ड्राफ्ट गरिएको ट्याग दिने गरेका थिए ।

तिनै केन जोनसन नामको आइडीबाट केही दिनपछि फेरि सामान एयरपोर्ट भन्सारमा रोखिएको र ३/४ लाख ट्याक्स लाग्छ भन्दै रकम माग्थे । फोन भने भारतीय नम्बरबाट आउने गरेको थियो भने पैसा नेपाली नागरिकको खातामा जम्मा गर्न लगाउने गरेका थिए ।

यो रकम भारत पुग्ने गरेको पाइएको छ । अहिलेसम्म ३२ लाख रकम पठाइसकेका बुझिएको छ । तर, रकम पठाइसकेपछि भने नेपाली महिलाहरु ठगिने गरेका पाइएको प्रहरीले जनाएको छ । पीडित सम्पर्कमा आएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

विभिन्न विदेशीले बनाएको फेसबुक आइडीमार्फत नयाँ फ्रेन्ड रिक्वेस्ट आयो भने सचेत हुनुहोला, प्रहरीले भनेको छ, यसरी आएको रिक्वेस्ट पठाउने व्यक्ति तपाईलाई ठगी गर्ने माध्यम हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment