Comments Add Comment

सलमानले भने-‘पाकिस्तानी कलाकार आतंकवादी होइनन्’

salman khan
पाकिस्तानी कलाकारलाई भारतमा चलचित्र खेल्न प्रतिवन्ध लगाइएको समयमा नायक सलमान खान भने उनीहरुको पक्षमा उभिएका छन् । सलमानले पाकिस्तानी कलाकार भीजा लिएरै भारत आउने गरेको भन्दै उक्त भीजा सरकारले दिने गरेको बताए ।

एक कार्यक्रममा बोल्दै सलमानले भने-‘कलाकार र आतंकवाद फरक कुरा हो । के कलाकार आतंकवादी हुन् ? उनीहरु भीसा लिएर भारत आएका हुन्छन् । उक्त भीसा सरकारले नै दिने गरेको छ ।’

सलमानले भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकलाई ‘एक्सनको रियाक्सन’ भनेका छन् । उनले स्थिती सामान्य र शान्ती हुन आवश्यक रहेको पनि खुलाए । उनले आजको दिनमा प्रेमले नै रहनु राम्रो हुने समेत बताएका छन् ।

पाकिस्तानी कलाकारलाई हिन्दी चलचित्र खेल्नका लागि ब्यान्ड गरिएको बिषयमा निर्माता करण जोहर र नायिका जुही चावलाले आपत्ती जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment