Comments Add Comment

पारस खड्काको बिशाल वारियर्स लिग लिडर पञ्चकन्यासँग पराजित

कलर्स एक्स फ्याक्टरको फाइनल पुग्ने संभावना कायमै

१४ असोज, काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल अन्तगर्त आज भएको खेलमा लिगमा अपराजित पञ्चकन्या तेजले बिशाल वारियर्सलाई २ विकेटले हराएको छ ।

Everest-Premier-League.प्रतियोगिताको फाइनलमा यसअघि नै पुगिसकेको शरद भेषावकरको टोली पञ्चकन्याले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउँदा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली बिशालका लागि भने फाइनल प्रबेश कठीन बनेको छ ।

लिगको दोस्रो स्थानमा ६ अंकसहित ज्ञानेन्द्र मल्लको कलर्स एक्स फ्याक्टर छ भने ५ अंकसहित बिशाल लिगको तेस्रो स्थानमा छ । भोलि हुने लिगको अन्तिम खेलमा कलर्स र बिशाल आमने सामने हुनेछन् । यही खेलको नतिजाले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

आज भएको खेलमा बिशालले दिएको १४३ रनको लक्ष्य पछ्याएको पञ्चकन्याले आरिफ शेखको उत्कृष्ट ४७ रनको सहयोगमा ८ विकेट गुमाएर ३ बल अगावै लक्ष्य भेट्टायो । आरिफले ३४ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

आरिफका अलावा पृथु बास्कोटाले २४, सोनु तामाङले १४ र दिपेन्द्र ऐरीले १२ रन बनाए । बलिङतरफ बिशालका लागि दिपेश श्रेष्ठले ४ र रामनरेश गिरीले २ विकेट लिए ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको बिशालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । बिशालका लागि ओपनर सागर पुनले ४४ र मञ्जित श्रेष्ठले ४० रन जोडे । कप्तान पारस खड्काले २७ रनको योगदान दिए । बलिङतर्फ सुशील कँडेल र भुवन कार्कीले २/२ विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले जगदम्बा राइनोजबिरुद्ध सुपरओभरमा रोमाञ्चक जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको कलर्सले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको जगदम्बाले पनि १ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको जगदम्बाले अल आउट हुदै १० रन बनाएको थियो ।

जवाफमा कलर्सले ११ रनको लक्ष्य ५ बलमा बिना क्षति पूरा गर्‍यो । सिद्धान्द लोहोलीले जगदम्बाका सोमपाल कामीको पहिलो बलमानै छक्का प्रहार गर्दै कलर्सलाइ सहज जीत दिलाए । जीतपछि कलर्सले ४ खेलबाट ६ अंक जोड्दै फाइनल पुग्ने संभावना यथावत राखेको छ

सुपर ओभर अघि किर्तिपुर स्थित टियु मैदानमा कर्लसले २० ओभरमा ८ विकेट गुमाउदै १ सय १२ रन बनाएको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामी मगरले समान २९-२९ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल र नवाजुद्धिन हलवाइले समान तीन तीन विकेट लिए भने कप्तान शक्ति गौचनको नाममा दुइ विकेट रह्यो ।

जवाफमा १ सय १३ रनको लक्ष्य पछ्याएको जगदम्बाले पनि २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रननै बनायो । सञ्जम रेग्मीले कसिलो बलिङ गर्दै ४ विकेट लिएपछि जगदम्बाले सामान्य लक्ष्य पनि पुरा गर्न सकेन । जगदम्बाका लागि महेश क्षेत्रीले सर्वाधिक २२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment