Comments Add Comment

अर्जूनलाई धर्मश्री उपाधि

१४ भदौ, काठमाडौं । नेपाल ब्यायाम मन्दिरका अर्जून बर्णवाल चौधौं धर्मश्री उपाधि हात पार्न सफल भएका छन् ।

Arjun-barnawal८० केजीमाथि तौल समूहका अर्जूनले एशियाली च्याम्पियनसिपका विजेता सेप्स फिटनेशका ८० केजी तौलका महेश्वर महर्जनलाई पछि पार्दै उपाधि जितेका हुन् । अर्जूनले नगद ५ लाख सहित ट्रफी, प्रमाण पत्र र व्यानेटबाट सज्जित भए ।

महेश्वरले नगद २ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा गि्रनविस फिटनेश झापाका ७५ केजी तौल समूहका उमेश राइ भए । उनले नगद १ लाख सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल ब्यायाम मन्दिरका रामहरी खनाल चौथो -७० केजी), रामबहादुर दाहाल पाँचौ -६५ केजी), संजीव कुमार श्रेष्ठ छैटौं -६० केजी) र रत्नश्री पोखराका कमल भन्डारी सातौं (५५ केजी) स्थानमा रहे ।

उनीहरुले क्रमशः ८०, ७५, ६० र ५० हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यसअघि सवै आआफ्नो तौल समूहमा प्रथम हुँदै उपाधि भिडन्तका लागि प्रतिस्पर्धामा उत्रेका थिए ।

नेपाल ब्यायाम मन्दिरको आयोजना तथा जिओनी मोवाईलको प्रायोजनामा भएको प्रतिस्पर्धामा ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ्ग दोश्रो र कालिमाटी फ्रेन्डशिपका सविन महर्जन तेश्रो भए ।

६० केजीमा व्यायाम मन्दिरका आशिष देवाजु दोश्रो र न्यू फ्लेक्स रमेश कार्की तेश्रो भए । ६५ केजीमा कम्प्लिट हेल्थका अनिल लाल श्रेष्ठ दोश्रो र यारो फिटनेश झापाका विकास धिमाल तेश्रो भए । ७० केजीमा सेप फिटनेशका राजेश मगर दोश्रो र सेप टु फिटनेशका किरण यादव तेश्रो भए । ७५ केजीमा नेपाल जिमका मि. काठमाण्डौ नविन राना दोश्रो र सेप टु फिटनेशका प्रवेश श्रेष्ठ तेश्रो भए ।

८० केजी तौलमा ब्रदर एन्ड सिस्टरका तुलबहादुर श्रेष्ठ दोश्रो र न्यू फ्लेक्सका नरेश मालाकार तेश्रो भए । यस्तै ८० केजी माथीको तौलमा प्लानेट फिटनेशका प्रकाश राई र नेपाल ब्यायामका गिरिष महर्जन तेश्रो भए ।

दोश्रो र तेश्रो हुनेले क्रमश २५ र १५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment