Comments Add Comment

तीनवटै निर्वाचन एकैचोटी गर्न नयाँ शक्ति नेपालको सुझाव

MeetingWithElectionCommission

१४ असोज, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले सम्भव भएसम्म तीनवटै निर्वाचन (स्थानीय निकाय, प्रदेश र संघ) एकैपटक गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

शुक्रबार निर्वाचन आयोगसँग भएको छलफलका क्रममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीनवटै निर्वाचन एकैचोटि गर्नुपर्ने सुझाव दिए ।
निर्वाचनलाई कम खर्चिलो, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने भन्दै उनले दलहरुलाई पारदर्शी र भ्रष्टाचारबाट मुक्त बनाउने गरी निर्वाचन कानून बनाउन पनि सुझाव दिएका छन् ।

त्यसैगरी संविधानमा रहेका निर्वाचनसम्बन्धी केही अप्ठेराहरु फुकाउनुपर्ने सुझाव दिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । निर्वाचन प्रणाली एउटै तर प्रदेशमा १७ वटा क्लस्टर र संघमा १६ वटा क्लस्टरको उल्लेख भएको लगायतका निर्वाचनसम्बन्धी अप्ठेरो फुकाउनुपर्ने प्रवक्ता देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment