Comments Add Comment

स्वास्थ्यमन्त्री थापाले अनसनरत डा. केसीलाई भेटे

govinda-kc-and-gagan-thapa

१४ असोज, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले शिक्षण अस्पताल पुगेर आमरण अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

डा. केसीलाई भेट्न मन्त्री थापा शुक्रबार साँझ गएका थिए । उनले डा. केसीसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका छन् । सरकारले गरेका प्रयासबारे मन्त्रीले जानकारी दिनु भएको छ, स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले भने ।

चिकित्सा शिक्षा ऐन संसदमा पुगेको, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता लिने र न्याम्सको नाममा मनमोहन थप्ने निर्णय भएको जानकारी गराएका छन् ।

डा. केसीले भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु प्रक्रियाबारे चासो राखेका छन् । संसदको चालु अधिवेशन कहिलेसम्म रहने भन्दै उनले महाअभियोगको प्रक्रियाका साथै उनले कहिले अघि बढ्छ ? भनेर प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment