Comments Add Comment

सार्क सम्मेलन स्थगित गर्ने पाकिस्तानको घोषणा

१४ असोज, काठमाडौं । भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ ।

SAARCभारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गर्‍यो ।

त्यसपछि अफगानिस्तान बंगलादेश र भुटानले सहभागी नहुने घोषणा गर्‍यो ।  शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको छ ।

पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment