Comments Add Comment

भारत पाकिस्तानको कोपभाजनमा सार्कः नेपालले के गर्न सक्छ ?

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्- केटाकेटी तर्क नगरौं !

india-pakistan

१४ भदौ, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) फेरि एकपटक भारत र पाकिस्तान द्वन्द्वको छायाँमा परेको छ ।

भारतसहित चार देशले अर्को महिना पाकिस्तानमा हुने भनिएको सार्कको १९ औं शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् ।

तर, सार्क अध्यक्ष राष्ट्र भए पनि नेपालले प्रभावकारी भूमिका खेल्न नसकेको भनेर विपक्षीले सरकारको आलोचना गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रेफ्री बन्नुपर्ने प्रधानमन्त्री प्रचण्ड दर्शक बनेको भनेर राजनीतिक निशाना बनाएका छन् ।

के पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता ओलीले भनेजस्तै सरकार निरीह भएकै हो त ? यस्तो बेलामा सार्कको अध्यक्ष राष्ट्र नेपालले कस्तो भूमिका खेल्नु उपयुक्त हुन्छ ?

नेपालले तटस्थ भूमिका खेल्छः डा. ऋषि अधिकारी

प्रधानमन्त्री प्रचण्डका विदेश मामिला सल्लाहकार डा. ऋषि अधिकारी सरकार चुप लागेर नबसेको बताउँम्छन् । उनी भन्छन्, ‘हामी त्यतिकै बसेका छैनौं । अध्यक्षको हैसियतले नेपालले सकेसम्म त्यही मितिमा र नभए छिट्टै शिखर सम्मेलन गर्न सबैलाई आग्रह गरेको छ ।’

सार्कको चार्टर अनुसार एउटा देशले सहभागी नहुने निर्णय गरे पनि सम्मेलन हुन सक्दैन । अहिले भारतसहित चार देशले सार्कमा सहभागी नहुने घोषणा गरेका छन् । तर, भारतसहित चार देशले सहभागी नहुने भने पनि अध्यक्ष राष्ट्र नेपालले सम्मेलन स्थगित नगरेको र सकेसम्म त्यही मितिमा र नभए छिट्टै शिखर गर्ने वातावरण बनाउन पाकिस्तानलाई आग्रह गरेको अधिकारीले अनलाइनखबरलाई बताए ।

साथै उनले भारत र पाकिस्तानको विवादमा नेपालले तटस्थ भूमिका खेल्ने बताए ।

के भन्छन् परराष्ट्रविद थापा ?

परराष्ट्रविद भेषबहादुर थापाले सदस्य देशहरुको तनावका कारण सार्कको गतिमा अवरोध आएको यो पहिलोपटक नभएको बताए ।
विगतमा बैठकस्थल नै सारेर भए पनि सम्मेलन गरिएको बताउँदै थापाले भने, सार्कले निरन्तरता पाउनुपर्ने मुख्य कुरा हो । र, अध्यक्षको हैसियतमा नेपालको जिम्मेजारी गहन छ ।’

अध्यक्ष राष्ट्र भए पनि नेपालले यसबारे आफैं निर्णय गर्न नसक्ने भन्दै थापाले अघि भने- ‘नेपालले कूटनीतिक पहललाई तीव्र बनाउनुपर्छ र सदस्य देशहरुसँग सम्वाद गर्नुपर्छ ।’

परराष्टविद् थापाले नेपालले खेलेको भूमिकाको मूल्यांकन गर्ने समय भइ नसकेको बताए ।

चक्रपाणिको प्रतिप्रश्नः कांग्रेस र एमालेको विवाद सानो दलले मिलाउन सक्छ ?

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं माओवादी नेता चक्रपाणि खनाल (बलदेव) ले अध्यक्ष राष्ट्रको हैसियतमा नेपालको भूमिका रहने बताए । łतर, भारत र पाकिस्तानको विवाद पुस्तौनी हो र यो नेपाल वा सार्कको अर्को कुनै देशको भूमिकाको भरमा दुई देशको अहिले देखिएको तनाब हल हुने देखिँदैन’ उनले अघि भने ।

भारत पाकिस्तान विवाद समाधानका लागि नेपालले भूमिका खेलेन भन्ने विपक्षीको आरोपलाई खनालले सस्तो लोकप्रियताका लागि गरिएको केटाकेटी तर्क भनेका छन् ।

उनले अनलाइनखबरसँग भने, संघर्षको मोर्चामा अध्यक्ष आलोपालो हुन्छ तर, कांग्रेस र एमालेबीच विवाद भयो भने अर्को सानो दलले टाउको फुटाए पनि मिलाउन गाह्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment