Comments Add Comment

एलडीओ सरुवा गर्ने बैठकमा ‘छापामार एट्याक’ !

१४ असोज, काठमाडौं । स्थानीय विकास मन्त्रालयअन्तरगत एलडीओहरुको सुरुवासम्बन्धी सूचीलाई अन्तिम रुप दिन बोलाइएको बैठक राज्यमन्त्री श्रीप्रसाद जबेगुले बहिस्कार गरेका छन् । सिंहदरबारस्थित स्थानीय विकास मन्त्रालयमा शुक्रबार बोलाइएको बैठकमा अपरिचित व्यक्तिहरु छिरेर छापामार शैलीमा हस्तक्षेप गरेको भन्दै राज्यमन्त्रीले बहिस्कार गरेका हुन् ।

Shree Prasad Jabegu

राज्यमन्त्री श्रीप्रसाद जबेगु

‘बैठकमा नराम्रो घटना भयो, त्यसैले सरुवा प्रक्रियामाथि नै असहमति जनाउँदै राज्यमन्त्रीज्यू निस्कनुभएको हो,’ राज्यमन्त्री जबेगुका स्वकीय सचिव रघुनाथ गौतमले अनलाइनखबरसँग भने, ‘केही मानिसहरु ‘हामी हेडक्वार्टरबाट आएका हौं’ भन्दै बैठक कक्षमै प्रवेश गरे ।’

बैठक कक्षमा हेडक्वार्टरको नाम लिँदै दलालहरु छिरेपछि राज्यमन्त्री जबेगु कर्मचारीको सरुवामा माथिबाटै सेटिङ मिलाइने हो भने मन्त्री हुनुको अर्थ छैन भन्दै राजीनामा दिने चेतावनीसहित मन्त्रालयबाट बाहिरिएको एक कर्मचारीले अनलाइनखबरलाई बताए । बैठक बहिस्कार गरेर हिँडेपछि राज्यमन्त्री जबेगुको मोवाइल फोन स्वीच्ड अफ छ ।

छापामार शैलीको हस्तक्षेपपछि मन्त्री असन्तुष्ट

एलडीओहरुको सरुवामा कसरी आर्थिक कारोबार हुन्छ र त्यसमा विचौलियाहरुले मन्त्रीलाई कसरी बाइपास गर्छन् भन्ने शुक्रबार सिंहदरबारमा देखिएको छ । स्रोतका अनुसार यो घटनामा स्थानीय विकासमन्त्री हितराज पाण्डेसमेत असन्तुष्ट बनेका छन् । पाण्डे माओवादीभित्र सादगी नेताका रुपमा चिनिन्छन् ।

मन्त्री पाण्डेले सरुवा-बढुवामा आर्थिक चलखेलको विरोध गरेकै कारण उनी पोखरा भएका बेला एलडीओ सरुवाको सूची फाइनल गर्ने बैठक डाकिएको स्रोतले बतायो ।

को-को थिए बैठकमा ?

एलडीओ सरुवाका लागि बोलाइएको बैठकमा स्थानीय विकासमन्त्री हितराज पाण्डे उपस्थित थिएनन् । उनी पोखरामा रहेकाले बैठकमा अनुपस्थित भएका हुन् । मन्त्री पाण्डेको साटो राज्यमन्त्री जबेगु उपस्थित थिए ।

बैठकमा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सहचविव चक्रबहादुर बूढासमेत थिए । त्यसैगरी मन्त्री पाण्डेका निजी सचिव होमनाथ भुसाल र स्वकीय जगन्नाथ खनाल पनि उपस्थित थिए । मन्त्री पाण्डेका सल्लाहकार बताउने माधव सापकोटा पनि थिए । बैठकमा राज्यमन्त्री जबेगुका स्वकीय सचिव रघुनाथ गौतम पनि थिए ।
बैठकमा कुनै सरोकारै नभएका प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालसमेत प्रवेश गरेका थिए । एलडीओको अन्तिम सूची फाइनल गर्दैगर्दा केही नचिनेका मानिसहरु ‘हेडक्वार्टरबाट आएको’ भन्दै छापामार शैलीमा बैठकस्थलमा प्रवेश गरे ।

राज्यमन्त्रीलाई नै प्रश्न- तिमी को हो ?

बैठकमा राज्यमन्त्री जबेगुलाई माओवादी कार्यकर्ताले तपाई को हो ? म तपाईलाई देखाइदिन्छु भन्दै थर्काएपछि जबेगुले म राज्यमन्त्री हुँ, तपाईचाँहि को हो भन्ने प्रश्न गरे ।

मोरङका एलडीओ र डोलिडारका सस्पेन्स बि्रजमा कार्यरत हाकिमलाई यथावत राख्ने कि सरुवा गर्ने भन्नेबारे माओवादी सिन्भुपाल्चोकका अध्यक्ष माधव सापकोटा र राज्यमन्त्री जबेगुवीच भनाभन भएको स्रोतले बतायो ।

दुबै सरुवामा सापकोटाले अनावश्यक हस्तक्षेप गरेको भन्दै राज्यमन्त्री जबेगुले आपत्ति जनाएका हुन् ।

‘मन्त्रालय त दलालहरुले घेरिएको रहेछ, माथिबाटै सबै सेटिङ मिलाएर मन्त्रीलाई कामै गर्न दिइन्नरहेछ,’ राज्यमन्त्री जबेगुको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘यस्तो स्थितिमा अब मन्त्री बनिरहनुको के अर्थ रह्यो ?’

यो पनि पढ्नुहोस्

एलडीओ सरुवामा माओवादीभित्र आर्थिक चलखेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment