Comments Add Comment

पदाधिकारी मनोनयनको तयारीमा देउवा

Sherbahadur-Deuba_1१५ असोज, काठमाडौं । कांग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनीत हुने भएको छ ।

आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दशैंअगाडिसम्म मनोनित गर्ने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् ।

‘उपसभापति तत्काललाई थाती नै रहन्छ र दशैंअघि महामन्त्री मनोनीत गर्ने तयारी छ ।’ देउवा निकट स्रोतले भन्यो, ‘उपसभापतिको मनोनययन दुई चार महिनापछि मात्र हुने भएको छ ।’सहमाहामन्त्री पनि उपसभापतिभन्दा अघि नै मनोनीत गर्ने तयारी देउवाको रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

निर्वाचित भएको दुई महिनामा पार्टीका सवै निकायलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर, महाधिवेशन भएको सात  महिनासम्म पनि देउवाले पदाधिकारीमासमेत पूर्णता दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment