Comments Add Comment

इलाममा चट्टान आरोहणस्थल बन्यो

rock-climbing १५ असोज, इलाम । साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभिरमा चट्टान आरोहणस्थल निर्माण गरिएको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको १० लाख र स्थानीय श्रमदानबाट चार लाख १२ हजार खर्च त्यसमा लागेको थियो । पूर्वमा नै पहिलो पटक इलाममा सफल परीक्षण भएको चट्टान आरोहणप्रति सर्वसाधारणको आकर्षण बढेको छ ।चट्टानी भिरमा नेपाली सेनाको कालीध्वज गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए । नेपाली सेनाका जवानले पाँच प्रकारका आरोहणका शैली प्रदर्शन गरिसकेका छन् । काठमाडौँ र पोखरामा सफल परीक्षण भइसकेको चट्टान आरोहण पूर्वी नेपालको इलाममा सफल परीक्षण भएको छ ।

यस क्षेत्रलाई साहसिक खेल पर्यटनको गन्तव्य बनाउन सकिने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक द्यौराली बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment