Comments Add Comment

सस्तो मूल्यको फिङ्गरप्रिन्ट स्क्यानरयुक्त ‘जेडटीइ-ब्लेड भी ७ लाइट’ नेपाली बजारमा

zte-v7-lite१५ असोज, काठमाडौं । नेपालका लागि जेडटिइ स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेज प्रालिलेे बजेट स्मार्टफोनको रुपमा ‘जेडटीइ ब्लेड भी ७ लाइट’ नेपाली बजारमा उपलब्ध गराएको छ ।

दशैं क्यास ब्याक अफर र खदिरमा पावर बैंकको उपहारसहित ब्लेड भी ७ लाइट सार्वजनिक गरिएको हो । थोरै मूल्यमा आकर्षक फिचरहरुले सजिएको ब्लेड भी ७ लाइटमा ५ इन्चको एचडी कर्भ एज डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ, जसबाट केवल ३ सेकेन्डमै फोन अनलक हुन्छ ।

यसैगरी, ब्लेड भी ७ लाइटमा निकै आकर्षक फोटोहरु खिच्न सकिने कम्पनीले जनाएको छ । अगाडिको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ । पछाडिको क्यामेरामा अटो फोकसको प्रयोग गरिएको छ भने पछाडिको क्यामेरामा एलइडी फ्लासको प्रयोग गरिएको छ । क्यामेराका अन्य फिचरहरुमा जिओ-ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानोरोमा रहेका छन् ।

स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबीको इन्टर्नल स्टोरेज रहेको छ । एसडी कार्डको प्रयोग गरेर २५६जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टमा चल्ने यस फोनमाक्वार्ड कोर १ गिगाहज प्रोसेसरको प्रयोग भएको छ ।

फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । ब्लेड भि ७ लाइटका अन्य फिचरहरुमा डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियोलगायत छन् ।

स्मार्टफोनको बजार मूल्य केवल १८ हजार ९ सय ९० राखिएको छ । नेपालीको महान चाड दशैलाई मध्यनजर गरेर जेडटिई ब्लेड भि ७ लाइटको खरिदमा ७ सय रुपैयाँ दशैं क्यास ब्याक अफर दिइएको छ । स्मार्टफोनको खरिदमा २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहार स्वरुप प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment